रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ५ का वडा कार्यालयको आज शुक्तवार उद्घाटन गरिरेका छन् ।

वडा कार्यालयको आइतबार उद्घाटन गर्दै नगर प्रमुख अजय कुमार गुप्ताले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको भवन हुनुपर्ने बताए । उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरेका छन । साथै उनले सम्पूर्ण वडावासी लगायत अध्यक्ष तथा सदस्यहरुमा बधाई तथा शुभकामना वयक्त गरेका छन्।

पुरानो भुमिसुधार कार्यालयको बाटो छेउमा रहेको वडा कार्यालयलाई सारी आधारभुत विधालय बालमन्दिर र कृषि ज्ञान केन्द्र गौरको छेउमा ल्याई सो कार्यालयको उदधाटन गरिएको वडा अध्यक्ष रमस्वार्थ यादवले बताएका छन् ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष भरत साह, वडा नं. ६ का वडा अध्यक्ष शेख जमसैद, वडा नं. वडा नं २ का वडाअध्यक्ष, वडा नं. ५ का वडा अध्यक्ष रामस्वार्थ यादव, वडा नं. ३ का वडा अध्यक्ष, वडा नं. ४ का वडा अध्यक्ष, नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत पवन महतो, प्रेस मन्चका अध्यक्ष धर्मेन्द्र साह, विशलेषक चिरंन्जीबी सिंह, पत्रकार समाजसेवी तथा वडाबासीहरुको सहभागीता रहेको थियो ।