ठूलो संख्यामा मानिसहरु जम्मा भइ जिल्ला प्रशासन कार्यालय अगाडी नाराजुलुस गर्दै घेराउ गरेका छन् । पीडित परिवारले हिरासतमा कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् ।

गएको साउन ३१ गते राति गरुडा नगरपालिका ८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्याको आरोपमा पक्राउ परेका गाउँकै १९ वर्षीय विजय महराको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएपछि स्थिती तनावपूर्ण बनेको हो ।