काठमाडौं । कोरोना महामारीले ज्येष्ठ नागरिकहरुमा डर चिन्ताका कारण मानसिक रोगहरु देखिने गरेको पाइएको छ । 

काठमाडौं मेडिकल कलेजकी मानसिक रोग विशेषज्ञ डा. रचना शर्माले कोरोना महामारीले धेरे जसो ज्येष्ठ नागरिकमा खान मन नलाग्‍ने र निन्द्रा नलाग्‍ने आदि समस्या बढी देखिने  गरेको बताइन् ।

नका अनुसार डर र त्रासले मानसिक तनावका कारण डिप्रेसनको समस्यासमेत देखिने हुन्छ । 

उनले भनिन् , “पछिल्लो समय धेरै जसो ज्येष्ठ नागरिकहरु एक्लै बस्‍नु परेको छ । लामो समयसम्म एक्लोपन भएर बसेका व्यक्तिमा पनि डिप्रेसनको समस्या देखिएको पाइन्छ ।”

भावनात्मक दूरी टाढा भएर पनि जेष्ठ नागरिकहरुमा डिप्रेसनको समस्या आउने उनले जानकारी दिइन् ।

लामोसम्म चिन्ता र तनाव लिएमा रोग प्रतिरोधात्मक क्षमता कम भएर शारीरिक र मानसिक असर पर्ने उनको भनाइ छ । परिवारका सदस्यहरु संवेदनशील भएर ज्येषेठ नागरिकको हेरचाह गरेमा यस्तो मानसिक समस्या नदेखिने उनले बताइन् ।