रौतहट । रौतहटका ४ जना असक्त व्यक्तिलाई व्हिल चेयर उपलब्ध गराइएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय गौरको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले सो व्हिलचियर हस्तान्तरण गर्नु भएको हो ।

कतार चैरिटिको सहयोग र ग्रामिण बिकाश केन्द्र आर डि सी नेपालको सहकार्यमा ति व्हिल चियरहरु बितरण गरिएको हो ।

गौर नगरपालिका वार्ड नम्बर ६ का कपिलदेव राम, राजदेवी नगरपालिका वार्ड नम्बर ४ का सुकन साह, वार्ड नम्बर ८ का मिश्री साह र यमुनामाई गाउपालिका वार्ड नम्बर ५ का बद्रिमिया कवारिलाई उक्त सहयोग सामग्री हस्तानतरण गरिएको हो ।

व्हीलचेयर हस्त्नानतरण गर्नुहुदै प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले पाएको सहयोगले उनीहरुको जीवनशैलीमा केहि सहजता आउने बिस्वास व्यक्त गर्नु भएको थियो ।अधिकारि यादवले फरक क्षमताका व्यक्तिहरुको जान जीवनलाई सहज तुल्याउने उदेश्य गरिएको व्हिल्चियर बितरणको काम सराहनीय रहेको बताउनु भएको छ ।

बितरण कार्यक्रममा ग्रामिण बिकाश केन्द्र गौरका अध्यक्ष पारस हुसैन, कोषाध्यक्ष ममता झा लगायतकाहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक अरविन्द यादवले जानकारी दिनुभयो l