रौतहट । रौतहटको गौरमा यौनजन्य दुब्र्यवहार बिरुद्ध विशेष अभियान सेफ्टी पिन क्याम्पेनको शुरवात गरिएको छ । महिलाहरुलाई विभिन्न स्थानमा हुने गरेको हिंसाको अन्त्यका लागी मुलुकभर विहिबारबाट सो कार्यक्रमको शुरुवात भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सिद्धिविक्रम शाहले बताउनु भयो ।

विशेष गरि सवारी साधनमा महिलाहरुलाई हिंसा हुने गरेका कारण सो कार्यक्रमको शुरुवात स्वरुप सवारी साधनहरुमा चेतनामुलक स्टीकरहरु टासिएको छ । विहिबार शुरु भएको सेफ्टी पिन क्याम्पेन १ बर्षसम्म निरन्तर चलिरहने प्रहरीले जनाएको छ ।

अभियानले सार्वजनिक स्थलहरुमा यौनजन्य अपराधबारे आम नागरिकहरुलाई सजग गराउने , त्यस्ता हिंसा भएको खण्डमा प्रतिकार गर्न प्रोत्साहन गर्ने र हिंसा पिडितहरुले सहेर बस्ने हुदा सहन हुन्न कारवाही गराउनु पर्ने ज्ञानको विकास गराई महिलाहरुमाथी हुदै आएको हिंसाको अन्त्य गराउने उद्देश्य कार्यक्रमको रहेको जनाइएको छ ।

नेपाल प्रहरीले अबको १ बर्ष भित्रमा महिलाहरु पनि खुलेर हिड्न सक्ने वातावरण सिर्जना हुने बताउनु भयो । रौतहटको सदरमुकाम गौरस्थित बसपार्कमा समुदायिक प्रहरी साझेदारी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिध्दि बिक्रम शाहले सार्वजनिक सवारी साधनमा यौनजन्य दुब्र्यवहार विरुद्ध स्टिगर टास्नु भएको थियो ।