रौतहट । रौतहटको सदरमुकाम गौरमा रहेको होटेल सिया प्यालेसमा मानसिक स्वास्थ्यताका लागि धर्मगुरुहरुको भुमिका तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय अन्तरधार्मीक संजाल (निरन) नेपालले आयोजना गरेको सो कार्यक्रममा विभिन्न धर्म जातजातीका मानिसहरुलाई बोलाएर मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिईएको थियो ।

राष्ट्रिय अन्तर धार्मिक संजाल (निरन) नेपालले परम्परागत हानिकारक अभ्यास न्यूनिकरणका लागि विगत दुईवर्ष देखि विभन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको संस्थाका प्रोग्राम अफिसर आशिस चौधरीले जानकारी दिनु भयो ।

सबै धर्मका नाममा समाजमा संस्कारका रुपमा रहेको परम्परागत हानिका।क अभ्यासलाई निरुत्साहित पार्न आ–आफ्नो धर्म सम्प्रदाय भित्र प्रचलित गलत परम्परालाई रोक्ने सामुहिक प्रयास रहेको अफिसर चौधरीले बताए।
कार्यक्रममा नेसनल मेडिकलका साईकाईट्रिस संदेश थापाले भने देश, समय, परिस्थिति अनुसार तत्कालिन समयमा चलेका संस्काहरु बर्तमान कालमा आएर हानिकारक अभ्यास प्रमाणित भएका उनले बताए ।

बर्तमाण समय परिस्थितिलाई नियाल्ने हो भने ठोकुवा गर्न सक्ने स्थिति छैन भने उनले बताए।
सामाजिक सांस्कृति विभेदमा आधारित भै गरिने हरेक कार्यहरु जसले हाम्रो समाजमा महिला तथा बालवालिकाको आत्मसम्मानमा चोट पुर्याउछ र कमजोर बनाउनछ भने कुरा संदेश थापाले बताए ।