रौतहट । कर्मचारी मिलन केन्द्र रौतहटको अध्यक्षमा पुनः ईन्जिनियर दीपेन्द्र यादव चुनिएका छन् । कर्मचारी मिलन केन्द्र रौतहटको १० औं साधारणसभाले रापजुर नगरपालिकाका ईन्जिनियर दीपेन्द्र यादवलाई पुनः अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।

केन्द्रको शनिबार आयोजना गरिएको साधारणसभामा मिलन केन्द्रका संरक्षक तथा रौतहटका सीडीओ इन्द्रदेव यादवले गत वर्ष कोरोना महामारीको कारण अध्यक्ष दिपेन्द्र यादवले चाहेरपनि केही गर्न नसकेको कारण उनलाई फेरि एक कार्यकालको अध्यक्षमा घोषणा गरेका थिए ।

मिलन केन्द्रको वरिष्ठ उपाध्यक्षमा जिल्ला निर्वाचन कार्यालय प्रमुख छोटेलाल दास, उपाध्यक्षमा चपुर नपाको लेखाअधिकृत किर्तिराज सुवेदी, राष्ट्रिय अनुसन्धानका माया शंकर सिंह, महासचिवमा जिल्ला हुलाक कार्यालयका देवनाथ यादव सर्वसहमतिमा चयन भएका छन् ।

त्यसैगरीसचिवमा जिल्ला अदालतका शाखा अधिकृत शिवहरी सुवेदी, सहसचिवमा गौर नपाकी रौषनी श्रेष्ठ, कोषाध्यक्षमा विनय कुमार झालाई मनोनित गरेको छ । केन्द्रको सदस्यमा जिल्ला बन कार्यालयका बिमल ठाकुर, घरेलु तथा साना उद्योग कार्यालय गौरकी रिंकी जयसवाल,परोहा नपाका अब्दुल रब अन्सारी, जिल्ला स्वास्थका अनिल कर्ण, गुजरा नपाका विनोद कुमार जयसवाल चुनिएका छन् भने थप तीनजना सदस्य पछि मनोनित गर्ने जनाइएको छ ।
केन्द्रको सल्लाहकारमा सुभाष कुमार भट्टराई, ईश्वरी ढकाल र टोरेन्द्र निरौलालाई सर्वसहमतिमा चयन गरेको छ ।

सोही अवसरमा मिलन केन्द्रका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि सिडिओ ईन्द्रदेव यादवले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराएका थिए ।

रातोपाटी अनलाईनको सहयोगमा