रौतहट । रौतहटको राजपुर नगरपालिकामा वृहत राहत सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड(१९) बाट प्रभावित महिला तथा विपन्न समुदायहरुको लागि सहयोगार्थ वृहत राहत सामग्री उपलब्ध गराइएको हो ।

रौतहटको राजपुर नगरपालिका वडा नं. ४ र वडा नं. ५ मा रहेको कोरोना भाइरस (कोभिड(१९) बाट प्रभावित महिला तथा विपन्न समुदायका २४३ जनालाई सो राहत सामग्री वितरण गरिएको मान्डवी संस्थाका कार्यकारी निर्देशक अंजु झाले बताईन् ।

कोरोना भाइरसका कारण उतपन्न परिस्थितिमा समस्या परेका घर परिवारहरुलाई आज राहत स्वरुप सहयोग गरिएको मान्डवी संस्थाका कार्यकारी निर्देशक झाले रौतहट टुडे अनलाइनलाई बताए ।

उनले भने राहत समाग्री पायका सबै जनालाई आर्थिक रुपले उन्नत्ती तथा प्रगतीको लागि यस संस्था मार्फत विभन्न शिपमुलक तालिम दिईने बताए ।

युएन वुमनको सहयोग र मान्डवी संस्थाकको सहकार्य तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाको राजपुर नगरपालिकामा रहेको श्री जनता प्रथमिक विधालयमा सो राहत सामाग्री वितरण गरेको मान्डवी संस्थाका प्रोग्राम कोडिनेटर संजय सहनीले रौतहट टुडे अनलाइनलाई बताए ।

राहत सामाग्रीमा चामल ३० केजी, दाल ३ केजी, खाने तेल २ केजी, चना १ केजी, नुन १ केजी, चिनी १ केजी, एल.पि.जी. ग्यास चुल्हो १ पिस, ग्यास सिलिण्डर १ पिस, स्वाच्छताका सामाग्रीहरु नुहाउने साबुन ६ पिस र सर्फ १ केजी वितरण गरिएका मान्डवी संस्थाका प्रोग्राम कोडिनेटर सहनीले रौतहट टुडे अनलाइनलाई बताए ।

रौतहटका प्रमुख जिल्ला अधिकार ईन्द्रदेव यादव , राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल, राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर, विभिन्न मिडियाका पत्रकारहरु रोहवरमा सो राहत सामग्री वितरण गरिएको थियोे ।