रौतहट । रौतहटको  परोहा नगरपालिकामा अपाङ बालबालिकाहरुका लागी विद्यालय भवन निर्माण हुने भएको छ ।

रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका संघ प्रदेश २ का अध्यक्ष शेख वकिलले बुधबार अपाङ्गता भएका वालवालिकाका लागि विधालय भवन शिलान्यास गर्नु भएको हो । परोहा नगरपालिका तथा छाया नेपालको साझेदारीमा सो भवन निर्माण हुने  स्थानिय युवराज झाले बताउनु भयो ।

परोहा नगरपालिकाको वडा नम्बर ६ लौकाहा भेडियाहीमा सो भवन निर्माण कार्य हुने बताइएको छ । सो विधालय भवनको लागी २८ लाखमा  ३ कठ्ठा जग्गा खरिद गरि निमौण कार्य गर्न बुधबार शिलान्यास गरिएको हो । भवन निर्माण कार्य परोहा नगरपालिका र छाया नेपालको संयुक्त लगानीमा हुन लागेको हो ।

भवन बनेपछि लगतै अपाङ्गता भएका बालबालिकाहरुलाई अध्ययन अध्यापन गराइने जनाइएको छ । सो विधालयले अपाङग भएकाहरूलाई  विशेष रुपमा शिक्षाको ब्यबस्था मिलाइने नगरपालिकाले बताएको छ । शुरुमा रौतहटको क्षेत्र नम्बर २ र त्यसपछि रौतहट जिल्ला भरीका अपाङ्ग  बालवालिकाहरुलाई आवासको ब्यबस्थासहित भर्ना गरी शिक्षा दिने उदेश्य रहेको नगर प्रमुख शेख वकिलले बताउनु भयो ।

समाचार – गुनजन एफ एमको सहयोगमा