वीरगञ्ज । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृतक अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो ।

दुर्घटनामा मानिसको मृत्यु भएको जानकारी बिहान ५ बजे पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।