रौतहट ३ फागुन । रौतहटमा आइतबार अबैध घरेलु मदिरा प्रहरीले बरामत गरेकोे छ । रौतहट चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ५४६ नम्बरको आरएन ट्राभल्सबाट १८० लिटर अवैध घरेलु  मदिरा बरामद गरिएको प्रहरी जनाएकोे छ ।

सशस्त्र प्रहरीको फतुवा विजयपुरको टोलिद्वारा बरामद गरिएको हो । बरामत गरिएको सो घरेलु मदिरा स्थानिय पत्रकार समाजसेवी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ । त्यसका साथै आगामी निर्वाचन र सिमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध चोरी तस्करी समेत लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल सुरक्षा वेश क्यामप फतुवाले चेकजाँचमा तिव्रता दिएको फतुवाका सशस्त्र प्रहरी निरिक्षक राम कुमार महत क्षेत्री बताउनु भयो ।