प्रदेश दुईका नवनियुक्त राजेश झालाई उनका समर्थकहरुले  १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन्। आज करिब पौने पाँच बजे जनकपुर पुगेका प्रदेश प्रमुख झालाई उनका समर्थकले उक्त माला लगाएर स्वागत गरेका हुन्। 

invotech

प्रदेश दुई सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री उपस्थित नभए पनि उनलाई स्वागत गर्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहा पुगेका थिए।

प्रदेश प्रमुख झाको स्वागतका लागि पुगेका समर्थकले उनको समर्थनमा नारा समेत लगाएका थिए।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई शुक्रबार प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

सभार : सेतोपाटी आलाईन