फोटो : समाजिक संजालबाट

रौतहट — प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानीक कदमको विरोधमा जनता समाजवादी पार्टी (जसपा) रौतहटले आइतबार प्रदर्शन गरेको छ ।

जनता समाजवादी पार्टीले रौतहटको विभिन्न पालिकामा प्रधानमन्त्री केपी शर्मा ओली को असंबैधानीक कदमको विरोधे प्रदर्शन गरेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो ।
जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै जसपाका नेताहरुले बिहीबार संसद् जीवितै रहेको विरोध सभामा बताए ।