पेटमा समस्या देखिएर उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई मंगलवार अस्पताल भर्ना भएका छन् ।

दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा डा. भट्टराईलाई बिहान ९ बजेदेखि भर्ना गरिएको जसपा नेता विश्वद्विप पाण्डेले जानकारी दिए ।


मंगलवार दिनभर उनलाई अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने जनाइएको छ ।

काठमाडौंमा चिकित्सकको परामर्शमा डा. भट्टराईलाई थप परीक्षणका लागि दिल्ली पठाइएको थियो ।