रौतहट । रौतहट गौर नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवशको अवशर पारेर नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको हो ।

गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नगरका ३० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । उनीहरुको सम्मान र बृद्धअबश्थामा चाहिने आवश्यक सामग्री मध्ये कम्बल १ थान, टर्चलाइट १ थान, फलफुल, हर्लिक्स १ थान र विस्कुट १ थान सहित स-सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा गौर नगरपालिका नगर उपप्रमुख किरण ठाकुर, प्रमुख प्रशासकीय अधिकृत शुवास ठाकुर, वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।