धर्मेन्द्र कुमार साह । रौतहट , १८ अशोज ।राज्य ब्यबस्थाले समेट्न नसकेको तथा विभेदमा परेको बर्ग,क्षेत्र ,जाति वा लिङ्गलाई देखाएर र तिनका समवेदनाहरुको आडमा राजनीतिक शक्ति आर्जन गर्ने मुदा पुरानै हुन् ।

खास गरि नेपालमा माओवादी जनयुद्ध पछिका दिनहरुमा पहिचान र अधिकार तथा जातियता ,क्षेत्रीयताको नाउमा समवेदना हासिल गर्दै बिभिन्न व्यक्तिहरु उदय l तत्कालिन सत्ता ब्यबस्थालाई बुर्जुवा र सामन्ती भन्दै प्रचण्ड,बाबुराम ,विप्लव लगायतका नेताहरु उदय भन्ने मधेश थरुहटको भावनालाई लिदै उपेन्द्र ,महन्थ ,राजेंद्रहरु उदय l तर जुन मुद्धामा तिनीहरु स्थापित भयो तिनै मुद्धालाई छोड्दै जादा आज ति सबै शक्तिहरु असहाय ,निरिह र कृतज्ञ बनेको छ l तिनीहरुको शक्ति क्षीण हुदै गएको छ ।

आज तिनका लागि न सडक अनुकुल छ न त् सदननै l अहिले पनि ति पुराना शक्तिहरु गुमेको शक्ति आर्जन गर्नु भन्दा यथास्थितिमै रमाउदै बिसर्जनको बाटोमै डोर्याउदै छ l सबै आत्ममन्त्रमुग्ध छन् l
अन्तरिम संबिधान प्रति असन्तुष्टि जनाउदै सुरु भएको मधेश थरुहट आन्दोलन बिभिन्न आरोह अबरोह पुरा गर्दै अहिले १५ बर्ष हुन् लागेको छ l सो अबधिमा आन्दोलनका नेतृत्व गरेका तत्कालिन शक्तिहरु राज्यको मुलधारमा प्रवेश गरि संसदीय अभ्यासमा भाग लिए ।

सोहि आन्दोलनकारी शक्ति मध्येका हरुले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भन्ने संघिय सरकारमा समेत हिस्सेदारको रुपमा रहेको छ l मधेश आन्दोलनको इतिहास निकै पुरानो भएपनि मूल रुपमा नेपालमा २०६२/ ०६३ को जन आन्दोलनको सफलता पछि मुखर र संगठित रुपमा उदाएको हो l १० बर्षे जनयुद्ध र जन आन्दोलन पछि नेपालमा अन्तरिम संसद र अन्तरिम सरकार बन्यो l देशले संबिधान सभाको निर्वाचन मार्फत नया संबिधान बनाउने निधो गरिसकेको थियो ।

अन्तरिम संसद र अन्तरिम सरकारको सहमतिमा २०६३ माघ १ गते देशमा अन्तरिम संविधानको घोषणा गरियो l अन्तरिम संबिधानमा गणतन्त्र ,धर्म निरपेक्षता लगायतका आमुल परिवर्तनको कुरा गरेको भएपनि संघियता, समावेशीकरण, पहिचान, बहु भाषिक नीति लगायातका बिसय उल्लेख गरिएन l माघ २ गतेका दिन तत्कालिन मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केहि दर्जन युवाहरुले माइती घर मनडेलामा अन्तरिम संबिधान जलाई बिरोध गरे ।

राज्यले तत्कालै प्रतिक्रियात्मक कदम उठाई उपेन्द्र यादव लगायतका आन्दोलानाकारिहरुलाई नियन्त्रणमा लियो l फलस्वरुपमा मधेशका जिल्लाहरुमा आन्दोलनहरु हुन् थाले l माघ ५ गते सिरहाको लहानमा गोलि लागि रमेश महतोको निधन भएपछी शान्त देखिएका मधेश आन्दोलन उग्र बने l पुर्व झापा देखि पश्चिम कन्चनपुर् सम्म ब्यापक प्रदर्शन, तोडफोड ,आगजानी लगायतका घटनाहरु भयो l पहिलो पटक मधेशी जनता राजनीतिक रुपमा यति संगठित भइ सडकमा आयो l केहि दर्जन व्यक्तिहरुले सुरु गरेको बिरोध जन बिद्रोहमा परिणत भयो ।

राज्यले अनेकौ क्षति बेहोरे l आन्दोलन शिथिल बनाउन तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव बीच २२ बुंदे समझदारी भयो l नेपाल पहिलो चोटि संघियता स्विकार्न बाध्य बन्यो l मधेशले मांग गरेको एक मधेश स्वायत प्रदेश, आत्म निर्णयको अधिकार, बहु भाषिक नीति ,बहु राष्ट्रिय राज्यको अबधारणा , जनसंख्याको आधारमा प्रतिनिधित्व , सेनामा सामुहिक प्रवेश लगायतका मांगहरु राखी सुरु भएको मधेश बिद्रोहका मांगहरु आज पनि ज्युँका त्यूँ छ l २०६३ माघ देखिको बिद्रोहले उठाएका मांगहरुकै निरन्तरता अहिले पनि छ l प्रथम मधेश बिद्रोहको जगमा भएको निर्वाचन र प्रथम संबिधान सभामा मधेशी थारु आदिवासी जनजातिहरुको उल्लेख्य उपस्थिति रह्यो l सदनमा मधेश केन्द्रित दलहरुको निर्णायक उपस्थिति रह्यो l दुर्भाग्यवस पहिलो संबिधान सभा संबिधान नबानाई बिसर्जन भयो l

दोस्रो निर्वाचनमा मधेशवादी दलहरु नराम्री पराजित भयो र सदनमा भूमिका बिहिन बनेर बस्यो l संबिधान बन्ने प्रक्रियाबाट टाढा भएर सडकमा आए l सडकमा अप्रत्याशित समर्थन मिल्यो l एक दशक भित्र मधेशले गरेको त्यो तेस्रो बिद्रोह थियो l मदेशी जनता मधेश केन्द्रित दलहरु संगै सडकमै रहेको अवस्थामा संबिधान बन्यो l बिस्तारै आन्दोलन मत्थर हुदै गयो l मधेश केन्द्रित दलहरु एक पछि अर्को सट्टा केन्द्रित गतिविधिमा लिप्त हुदै गयो l उसले बिस्तारै आफ्नो धरातल गुमाउदै गए ।

मधेशी जनाधिकार फोरमको नामबाट शक्ति आर्जन गरेका उपेन्द्र यादवहरु तथा तराई मधेश लोकतान्त्रिक पार्टि र सदभावना पार्टीको नाउबाट शक्ति आर्जन गरेका महन्थ र राजेन्द्रहरु बिस्तारै मधेश शब्दबाट टाढा बन्दै गए l राष्ट्रिय पार्टि बन्ने महत्वाकांक्षाले उनीहरुलाई मधेशवादीको परिचय दिनबाट रोकेको हुन् सक्छ l तर उनीहरुले बिर्सनु नहुने कुरा के हो भन्ने सदन देखि सडक सम्म उनीहरुलाई शक्ति दिने तराई मधेशनै हुन् l जब जब ति दलहरु मधेशका सडकमा आए,शक्ति लिएर सिंहदरवार छिरे ।

आन्दोलनको बलमा उदाउने, सडकबाट सहादतको बलमा शक्ति आर्जन गर्ने अनि कालान्तरमा चरम महत्वाकांक्षामा परि मधेश शब्द पनि छोड्दै हिड्दा आज ति शक्तिहरुको लागि न त् सडक अनुकुल छ न त् सदननै l जोडबल ले प्रदेश २ मा सरकार संचालन गरेपनि प्रदेशको नामांकन समेत गर्न सकेको छैन l ति दलहरुले आफ्नो संगठन देश भरि रहेको दावी गर्ने गरेको भएपनि प्रदेश दुई बाहेकको क्षेत्रमा उनीहरुको प्रभाव शुन्यप्राय छ l प्रदेश नम्बर एकको मोरंग ,सुनसरी तथा प्रदेश ५ को नवलपरासी, कपिलवस्तु, रुपन्देही , बाके लगायतका जिल्लाहरुको कम्जोर र प्रभावहीन संगठनहरु छन् l सदनमा उनीहरुको उपस्थिति संख्यात्मक रुपमा प्रभावशाली छैन ।

तत्कालिन नेकपाको विभाजन पश्चात सदनमा फेरिएका शक्ति सन्तुलनले ति दलहरुलाई केहि प्रभावशाली बनाएपनि दल विभाजन पछि तिनीहरु न त सडकमा देखिएको छ न त् सदनमा l सडकमा देखिएका स्वाभाविक सहानुभूति पनि बिरोधमा बद्लिएको छ l अधिकांश समयमा सत्ता भन्दा टाढानै देखिएका मधेश केन्द्रित दलहरुको पछिल्लो हर्कतहरुले तिनलाई सत्ताको लोभीको रुपमा अर्थ्याइदिएको छ l