रौतहट । नेपाल भारतबीचको मैत्रीपुर्ण संवाद कार्यक्रम सम्पन्न भएको छ । मेडियाफोर बोर्डर हार्मोनिको आयोजनामा आजको संवाद कार्यक्रम विधिगतरुपले सम्पन्न भएको हो ।

यो कार्यक्रम वर्तमान परिवेशमा नेपाल भारत बीचको सम्बन्धमा आउने चुनौती एवंम निस्र्कषबारे छलफल गर्न राखिएको मेडियाफोर बोर्डर हार्मोनीका अध्यक्ष किशोर यादवले बताए ।

जिल्ला समन्वयको सभा हलमा आयोजना भएको कार्यक्रममा नेपाल भारतका पत्रकारहरुले मन्तव्य राखेका थिए ।

नेपाल–भारत बीच रहेको रोटी – बेटीको सम्बन्ध एक अनौठो सम्बन्ध रहेको कारणले मित्रराष्ट्र भारतले पनि आफ्नो बीच रहेको समस्याबारे छलफल गर्नु आवश्यकता रहेको प्रदेश २ का कृषि तथा भुमि राज्यमन्त्री योगेन्द्र यादवले भने ।

दुई देश बिचको सम्बन्ध कसरी अझै सुध्रिने भन्ने विषयमा उनले जोड दिएका थिए । जिल्ला समन्वयमा सम्पन्न उक्त कार्यक्रममा विद्यान परिषद सदस्य एवंम बिहार सरकारका पुर्व मन्त्री देवेसचन्द्र ठाकुर , मोझ्प्पपुरका सांसद अजय निसान, प्रदेश २ का कृषि तथा भुमि मन्त्री योगेन्द्र यादव , गौर नगरपालिकाका नगरउप–प्रमुख सहित नेपाल भारतका अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।