कटहरिया बजारमा हावा भर्ने टंकी पड्किएर एकजना को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन । मृत्यु हुनेमा ग्यारेज संचालक कटहरिया ५ का २० बर्षिय समसुल मियां रहेका छन ।

पड्केको टंकिको फलामको टुक्रा ले लागेर समसुलको टाउको चोट लागेको थियो । अचेत अवस्थामा रहेका समसुल मियांलाई स्थानीय अस्पतालमा उपचार हुन नसके पछि तत्कालै उपचारको लागि बिरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले बताएका छन ।

मृतक समसुल संगै ग्यारेजमा बसिरहेका स्थानीय बर्ष २५ का जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । ग्यारेज संचालक समसुल मियांले पम्पसेट चलाएर हावा टंकिमा हावा भरिरहेको अवस्थामा हावा बढी भएर पड्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सभार – कलमपाटि