योगेश ,घनश्याम ,पोखरेल र ज्ञवालीहरुले गरेको भनेको त्याग वास्तवमा तिलान्जली नै हो l

धर्मेन्द्र कुमार साह । सभा चल्दै छ । देश भरिका कार्यकर्ताहरु बीचबाट प्रतिनिधि छनौट गरि जामा भएका छन् । मान्छेको भिड मानौ जन शैलाव ओर्लेको छ ।

कोहि उत्साही ,कोहि अन्जान अनि कोहि निरिह l बिशेष परिस्थिति र टुटफुटको पुर्व सन्ध्यामा नेकपा एमालेले आयोजना गरेको उसैको भाषामा महाअधिवेशनमा शक्ति प्रदर्शनको लागि भन्नि देशै भरिबाट उतारिएको कार्यकर्ताहरुको भिडले सतही रुपमा एमाले प्रतिको आकर्षण जस्तो देखिए पनि भित्रि रुपमा देखिएको नागरिकको निरीहताले भन्ने त्यो भिड मात्रै भन्ने प्रष्ट बुझिन्छ । यो नया अभ्यास त् होइन तर पछिल्लो ३ दिन देखि देशकै ठुलो कम्युनिष्ट पार्टि भारदारी सभामा परिणत त् भएको छैन भन्ने प्रश्न उठेको छ ।

जहा एक जना व्यक्ति मालिक हुन्छन अनि बाकि रैती l जहा व्यक्तिको गुनगान गरिन्छ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको सदन भित्र रहेको सब भन्दा ठुलो दल भित्र यसरि एउटा व्यक्तिको उदय वास्तवमा लोकतान्त्रिक ब्यबस्था माथि त्यसको दलको निष्ठामा प्रश्न उबजाउछ l अहिले ओली नेकपा एमालेमा सब भन्दा शक्तिशाली भएर उदाएको छ ।

अर्को अर्थमा भन्दा अहिले नेकपा एमाले र ओली भनेको फरक फरक होइन l नेकपा एमाले एक व्यक्तिको महत्वकान्क्षाको अगल बागल घुमी रहेको अवस्था छ l हुन् त् नेकपा एमाले नेकपा एमाले भित्र मात्रै नभएर नेपालि राजनीतिमै उदाएको सब भन्दा शक्तिशाली पात्र हो तर पछिल्लो समयमा जसरि एक लोकतान्त्रिक पार्टि भित्र व्यक्ति केन्द्रित शक्तिहरु सृजित हुदै गएको छ त्यो कालान्तरमा नेपालि लोकतान्त्रिक ब्यबस्थाकै लागि घातक हुनेछ । एमाले को अधिवेशनलाई दुई भागमा बाडेर हेर्न उयुक्त होला । उदघाटन सत्रमा ओर्लेको जन शैलावलाई मात्रै हेर्दा त् महाधिवेशन शानदार ढंगले भएको देखिएला तर त्यहि महाधिवेशनको बन्द कोठा भित्र भन्ने लोकतान्त्रिक व्यबस्थाको धज्जी ऊदाइदै छ ।

व्यक्तिको तजबिजमा दिएको पद र पद पाउने व्यक्ति सदाको लागि एउटै पात्र प्रति निष्ठा राख्नु स्वाभाविक हो l तर कसैको उपहार र रिण बोकेका व्यक्तिबाट जनता केन्द्रित कामको आशा कसरि गर्ने? महाभारत महाकाव्यमा उल्लेख गरिएको महारथी कर्णको व्यक्तित्व एक ज्ञानी ,कुशल तथा अति शक्तिशाली योद्धाको रुपमा चित्रण गरिएको छ । तर उनि कुनै समयमा एक अति महत्वाकांक्षी र अधर्मको प्रतिक मानिएको व्यक्ति दुर्योधनको कृपा स्वीकार गरेकै भरमा उ एक व्यक्ति प्रति मात्रै निष्ठा राख्ने गरेको कथा छ ।

अहिले नेकपा भित्र देखिएको अवस्था पनि त्यसतै हो l केपी ओलीको कृपाको आशिर्वादबाट जिम्मेवारी पाइने व्यक्तिहरुले निसन्देह पनि बिचारको वकालत गर्न सक्दैन ।नेकपा एमाले भित्रका युवा पुस्ता भनिएका योगेश ,ज्ञवाली ,भुषाल तथा पोखरेलहरु ओलीको सबै विचारबाट सहमतनै होलान भन्ने होइन तर ओलीको स्वेक्षचारी कदमको बिरोध सम्म गर्न नसक्नु उनीहरुको निरिहता बाहेक के हो ? उनीहरुले बारम्बार पार्टिको रक्षाको लागि त्याग गरेको भनेपनि त्यो त्याग नभएर तिलान्जली हो , आत्मसर्पण हो ।

आखिर उनीहरुले बचाउने चाहेको पार्टि के का लागि ? केपीहरुकै लागि हो हो भन्ने ति युवा पुस्ताहरु देशलाई ठगि रहेका छन् l पार्टीको मूल बिचार , जनताका सवालहरु तथा सर्वहारावर्गको मुद्धालाई समेत तिलान्जली दिदै बचाइएका पार्टि माथि आम नागरिकले गर्व किन गर्ने ? केपी ओलिहरुको उदय पहिले भन्दा झनै शक्तिशाली रुपमा देखिएको छ ।

ओलीको चरित्र र उसको स्वभाव हेर्दा उनि परिवर्तनलाई सहर्ष स्वीकार गरेको नेता हुदै होइन् l उनि धार्मिक उन्माद देखाउने व्यक्ति हुन् l उनि जनतालाई रैती बनाई राख्ने विचारका प्रतिक पनि हुन् । उनलाई यस अघि चुनौती दिदै आएका माधव नेपाल र प्रचण्डहरु स्वयम पनि आफ्नै राजनीतिक भविष्यको खोजीमा घुमी रहदा नेकपाको जारि अधिवेशनले दिन खोजेको एउटै संदेश हो शक्तिशाली “ओलीको उदय ” । शक्तिशाली ओलीको उदयले कमल थापा, चित्र बहादुर केसी लगायाथारू खुसि हुनु सुखद संकेत होइन् l एकातर्फ ओलिहरुको उदयले परिवर्तन बिरोधि शक्तिहरु खुसि हुनु र अर्को तर्फ ब्यबस्था परिवर्तनकै लागि लडेका युवा पुस्ता पनि जवार्दस्ती तालि पिट्नु उनीहरुको बिचलन हो l युवा पुस्ता भनिएका नेताहरुको बिघटित बिचारले पनि ओलिहरुको उअदयलाइ थप मलजल गरेको छ ।

बिधान अधिवेशन देखि महाधिवेसन सम्मको अवस्था हेर्दा अब नेकपा एमाले भित्र बिचार र राजनीतिक दर्शन रहेन भन्ने कुरा प्रष्ट हुन्छ l एमाले जनाले नेता र बिचार भन्दा पनि एक जना मालिक स्थापित गर्न सफल भएका छन् l उनी मालिकले आदेश दिने छन् अनि रति जन तालि पिट्दै जय जयकार गर्ने छन् ।

त्यहा प्रस्ताव र छलफलहरु हुदैन् आदेश दिने काम गरिन्छ l नया जंगबहादुरको उदय हुनेछ l तर हेका होस् भट्टराई,रावल,भुषालहरु युवा पुस्ताको प्रतिनिधित्व गर्न सक्दैन l यो भारदारी सभामा म जस्ता लाखौ युवाको बैचारिक उपस्थिति हुन् सक्दैन l कुनै चक्रवर्ती राजाहरु जन्माउन हाम्रो पुस्ताको जन्म भएको होइन l समाजवादी र जनवादी बिचार छोडि सामन्ती राज्य सत्ता स्थापना गर्न सकिदैन । यो कुनै व्यक्तिलाई राजा बनाउने अनुष्ठान होइन l