रौतहट १२ पुस । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले वडा नं. ७ का १०६ जना बृद्ध–बृद्धालाई सम्मान गरेका छन् । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर प्रमुख गुप्ताले यस्तो अभियानको शुरुवात गरेको बताए ।

सन्तानले आफ्नो बुवा आमालाइ बृद्ध अवस्थामा सम्मान गरोस भन्ने लक्ष्य लिएर अभियान शुरु गरेको नगर प्रमुख गुप्ताले बताएका छन् । गौर नगरपालिका वडा नम्बर ७ सिसवामा मंगलवार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख गुप्ताले नगरपालिका भरिका जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम भएको बताए ।

बृद्धा अवस्थामा रहेका अभिभावकलाइ अपमान नगरी सम्मान गर्नु पर्ने संदेश यो अभियानले दिने प्रस्ट पारे । करिव २ हजार भन्दा बढी संख्या रहेको जेष्ठ नागरिक महिला पुरुषलाइ कम्बल , होर्लिक्स , टर्च , दोसल्ला प्रदान गर्ने निर्धारण गरिएको उल्लेख गर्दै जेष्ठ नागरिकलाइ चिसोबाट जोगिनको लागि न्यानो कपडा दिने गरिएको बताए ।

वडा अध्यक्ष मजहर खाको अध्यक्षतामा भएको सो कार्यक्रममा १०६ जना जेष्ठ नागरिक महिला पूरुषलाइ उक्त सामग्री दिएर सम्मान गरिएको थियो ।

सम्मान पाएका जेष्ठ नागरिकहरुले नगर प्रमुखको कार्य सरहानिय रहेको भन्दै खुशी व्यक्त गरेका छन् । नगर पालिकाबाट पाएको कम्बल र दोसल्लाबाट चिसो छल्न सहयोग पुग्ने उहाहरुको भनाइ रहेको छ ।

सो कार्यक्रममा गौर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत सुवाष ठाकुर, वडा अध्यक्ष मजहर खा, जिन्सी फाट प्रमुख जितेन्द्र भारती लागयत सर्वसाधारण जनताको उपस्तिथि रहेको थियोे ।