रौतहट, १३ पुस । रौतहटमा कार दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।
रौतहटको परोहा नगरपालिकाको नरकटियाबाट जन्ति बोकेको बिआर ०५ पिए ६९५३ भारतीय नम्वरको स्कारपिओ जिप गौर चन्द्रपुर सडक खण्डको जयनगर स्थित मंगलवार दिउसो ३.४५ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
नरकटियाबाट गढीमाई नपाको गम्हरिया तर्फ फर्किदै गरेका जन्ती सबार भारतीय नम्वरको स्कारपिओ जिप गरुडा नपाको जयनगर चोक भन्दा १०० दक्षिणमा दुर्घटना हुँदा जिपमा सवार ८ जना मध्ये गम्हरियाको १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह, ५५ बर्षिय मारुफ मिया अंसारी र २४ बर्षिय शेख छोटुको मृत्यु र भएको इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले तराई टपलाई बताए ।
दुर्घटनामा परेर घाईते चार जना मध्ये दुईको अवस्था चिन्ताजनक भएको हुँदा विरगंज तर्फ उपचारको लागि रेफर गरिएको र २ जनाको गरुडामै उपचार भईरहेको जानकारी दिदै डिएसपी भण्डारीले तिव्र गतिमा गुडिरहेको गाडीलाई चालकले नियन्त्रण गर्न नसक्दा विजुलीका खम्बामा ठोक्किर खाल्डोमा पल्टिए । घटना भए लगतै स्थानीय बासिन्दा, प्रहरी तथा बाटो हिड्ने यात्रुहरु घाईतेलाई उद्धार गरी तत्कालै अस्पताल पुर्याउदा सम्म चार जनालाई बचाउन नसकिएको उनले भने । सभार- तराई टपबाट