युवाहरु वैदेशिक रोजगारमा आकर्षित

0
167

हेटौंडा–नेपाली युवावर्ग वैदेशिक रोजगारीको आकर्षणमा रमाइरहेको छ । कतिपय किसान युवा खेतीपाती गरे पनि त्यसबाट परिवार पाल्न मुस्किल पर्ने थालेपछि कृषि पेसा छाडेर विदेशिन बाध्य भएका छन् ।

खासगरि कृषिलाई आधुनिक बनाउन राज्यले कृषकहरुलाई समयमा मल–बिउ उपलब्ध नगराउनु र खेती गर्ने जमिनमा सिंचाईं अभाव हुनु र आवश्यक समयमा प्राविधिकको सहयोग नपाउनुले युवाहरु वैदेशिक रोजगारप्रति आकर्षित भएका हुन् ।

नेपालका करिब ३२ लाख युवा रोजगारीका लागि खाडी मुलुक गएका छन् । अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा जानेको संख्या पनि धेरै छ । यही गतिमा युवा पलायन हुने हो भने भविष्यमा नेपालको कृषिक्षेत्र अझै पिछडिँदै जाने र उत्पादनमा कमी आएर खाद्यान्न अभावको सम्भावना देखिएको छ ।

खेतीपातीमा गरिने लगानी भन्दा कम आम्दानी हुने भएकाले कृषकहरुलाई कृषि पेसाप्रति विकर्षक हुँदै गएको छ । खेतीपाती कृषक एक्लैले गर्ने सक्ने कुरा होइन यसका लागि दक्ष जनशक्ति आवश्यक पर्छ । हाल कतिपय ठाउँमा काम गर्ने मान्छेको अभावसँगै ज्याला महंगो भएको छ । गाउँघरमा पशुपालन गर्नेहरु घट्दै जाँदा जोत्न गोरुको अभाव रहेको छ ।

गाउँघरमा जोत्न मेशिनरी सामानहरु आए पनि नेपालमा धेरैजसो जमिन साँघुरा गह्रा र कान्लाले भरिएको छ, जहाँ हलगोरु र खन्ने मान्छेको आवश्यकता पर्दैछ । महंगो मूल्यमा खेतबारी जोत्ने गोरु किन्न नसक्ने अवस्था नरहेको बकैया–३ मा कुमार तामाङ बताउँछन् । उनका अनुसार तीन वर्षअखि एउटा साधारण गाई, भैंसीलाई ३५–४० हजारमा पाइने थियो । हाल त्यही पशुलाई १ लाख भन्दा माथि पर्ने गर्नजान्छ ।

कृषि उत्पादक किसानले वास्तविक मूल्य पाउनसक्ने अवस्था छैन । गाउँमा दूध धेरै सस्तो छ । वर्षभरि दुःख गरेर तरकारी खेती गर्दा भाउ नआउने तर त्यही सामान बजार पु¥याउँदा मूल्य दोब्बर हुने गरेको र त्यसको फाइदा बिचौलियाले लिँदै आएका छन् । यस्तो अवस्था बकैयामा मात्र नभएर सिंगो देशका किसानले भोग्दै आएका छन् । यसप्रति राज्य मौन छ ।

समाजमा किसानलाई हेर्ने दृष्टि फरक छ । आजभोलि खेतीपाती गर्ने भनेका अनपढ र विदेश जान भिसा नआएका र दुईचार अक्षर पढ्नु नजानेकाहरु भन्ने गलत बुझाइ छ । जो आर्थिकरुपमा कमजोर छन् र राजनीतिक पहुँच कम छ, यस्ता मानिसले मात्र खेतीपातीको काम गरेको आरोप छ ।

गाउँमा अमर्यादित पेसाका रुपमा कृषिको पहिचान बन्दै जाँदा माटोमा सुन फलाउने किसानमा निराशा छाउन थालेको छ । परापूर्वक कालदेखि नै जीवनपद्धतिको रुपमा रहिआएको खेतीपातीमा अभ्यस्त कृषकले हलोजुवा छाडेर गोरु बिक्री गरी आफूले खेती गर्ने जमिन बाँझो राखेर कोही कसैले जमिन बन्धकी राखेर विदेश पलायन भएका छन् । गाउँमा काम गर्ने जनशक्ति बाहिरिएपछि बुढापाका, बालबच्चा तथा महिलाको काँधमा खेतीको भार बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here