Saturday, September 23, 2023

मकवानपुरमा भागबण्डा टुंगिँदै
हेटौंडाको जिम्मा केन्द्रीय कार्यदललाई

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

हेटौंडा–मकवानपुरका गठबन्धन दलहरुले सोमबार साँझ ५ बजे बैठक बसेर स्थानीय तहको भागबण्डा टुङ्ग्याउने भएका छन् । सत्तारुढ गठबन्धनका दलहरुको ८ वटा बैठकले सहमतिको विन्दु खोजेको र सोमबार साँझ ५ बजे बैठक डाकिएको बताइएको छ ।

आइतबार दिउँसो कार्यदलको बैठक बस्नुपर्ने सूची भए पनि नेकपा माओवादी केन्द्रको मकवानपुर र चितवन कमाण्डको छलफल भएकाले बैठक सोमबार सरेको नेकपा (एकीकृत समाजवादी) मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले बताए । ‘माओवादीको आन्तरिक छलफलका कारण बैठक नबसेको हो,’ पोखरेलले भने–सोमबारको बैठकले सबै विषयमा लगभग सहमति गर्नेछ । र, सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ ।

मकवानपुरका गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच हालका ६ स्थानीय तहमा सोही पार्टीलाई दिने विषयमा सहमति भएको छ । नेपाली कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, नेकपा माओवादी केन्द्रले वागमती गाउँपालिका र थाहा नगरपालिका, नेकपा (एकीकृत समाजवादी) ले कैलाश र इन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीन दल सहमत छन् ।

यसपछिका बाँकी ४ स्थानीय तहमा हेटौंडा उपमहानगरसहित देशभरका ११ उपमहानगरका केन्द्रीय कार्यदलले जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ । हेटौंडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को दाबी छ । यसपछिको मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिका ३ दलले १÷१ वटा लिन तयार छन् । त्यहाँ पनि मनहरीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को दाबी कायम छ । नेकपा (एकीकृत समाजवादी) ले हेटौंडा लिए मनहरी आफूहरुले पाउनुपर्ने कांग्रेसको दाबी छ । माओवादीको मनहरीमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनुपर्ने दाबी छ । 

राक्सिराङमा समाजवादी एक्लै तयार
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनमा सम्मानजनक स्थान नपाए एक्लै भए पनि उम्मेद्वारी दिने निर्णय गरेको छ । आइतबार बसेको गाउँ कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

आइतबार बसेको बैठकले गठबन्धनमा अध्यक्ष, उपाध्यक्षमा दाबी गर्ने र अध्यक्ष, उपाध्यक्ष नपाए कुनै हालतमा ४ वटा वडा लिने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए । अध्यक्ष वा उपाध्यक्ष नपाए समाजवादीले राक्सिराङमा वडा नम्बर–३, ४, ६ र ९ लिने निर्णय गरेको छ । उपाध्यक्ष पाए २ वटा वडा लिने निर्णय भएको छ ।

बैठकले गठबन्धनले सम्मानजनक पद बाँडफाँट नगरे एक्लै चुनाबमा जान अध्यक्ष, उपाध्यक्षसहित ९ वडामै उम्मेद्वार टुंगो लगाएको छ । तत्कालीन राक्सिराङ गाउँ विकास समिति अध्यक्ष कृष्णबहादुर चेपाङ समाजवादीबाट अध्यक्ष उम्मेद्वार सिफारिस भएका छन् । उनी समाजवादी जिल्ला सचिवालय सदस्य र राक्सिराङ इञ्चार्ज हुन् ।

गठबन्धन भए उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम सिफारिस भएको छ भने एक्लै लड्नुपरे अध्यक्ष चेपाङका सारथिका रुपमा मिलनकुमारी लामालाई उपाध्यक्ष बनाइने भएको छ ।

पार्टीले वडा नम्बर–१ मा बाबुराम मोक्तान, वडा नम्बर–२ मा नवीन्द्र थिङ, वडा नम्बर–३ मा ज्ञानबहादुर स्यांतान, वडा नम्बर–४ मा किशोरकुमार ब्लोन, वडा नम्बर–५ मा जुनियल प्रजा, वडा नम्बर–६ मा कृष्णलाल तामाङ, वडा नम्बर–७ मा जंगमान प्रजा, वडा नम्बर–८ मा सरोजकुमार प्रजा र वडा नम्बर–९ मा अम्मरबहादुर थिङलाई वडाध्यक्ष उम्मेद्वार बनाउने निर्णय गरेको छ । 

समाजवादी हेटौंडा र मनहरीमा दाबी
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला कमिटी बैठक सोमबार विहान बस्ने भएको छ । मकवानपुरका १० स्थानीय तहका २० पद, १ सय २ वडा वडाध्यक्ष, सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, अन्य ११ सदस्यमा समाजवादीको माग, उम्मेद्वार र गठबन्धनमा बनेको सहमतिबारे बैठकमा छलफल हुनेछ ।

बैठकमा जनसंख्या तथा स्वास्थ्य मन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडा, स्थायी कमिटी सदस्य एवम् मकवानपुर इञ्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, राजाराम स्यांतानलगायत नेताहरुले सम्बोधन गर्नेछन् ।

बैठकमा १० स्थानीयमा समाजवादीले माग राखेका पदहरु, वडाध्यक्षका उम्मेद्वारहरु र कार्यपालिका तथा जिल्ला समन्वय समितिमा माग गरिने पदबारे छलफल हुने बताइएको छ । १० स्थानीय तह इञ्चार्जहरुले रिपोर्टिङ गरेपछि गठबन्धनमा भएको छलफल र सहमतिका आधारहरु खोजिने छन् ।

गठबन्धन बैठकमा समाजवादीलाई कैलाश र इन्द्रसरोवर गाउँपालिका दिन अन्य चार दल सहमत छन् । हेटौंैडा उपमहानगर उपप्रमुख र मनहरी गाउँपालिका उपाध्यक्ष पनि समाजवादीबाट छन् । गठबन्धनमा मकवानपुरका २० पदमध्ये समाजवादीले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख मागेको छ । कैलाश र इन्द्रसरोवरमा प्रमुख पाएसँगै हेटौंडा र मनहरीमा पनि प्रमुखको दाबी छ । चार उपप्रमुखमा पनि समाजवादीको दाबी छ । राक्सिराङ, बकैया, गढी र भीमफेदीमा उपप्रमुखमा समाजवादीको दाबी छ ।

सोमबार बैठकमा पार्टीले निर्वाचन परिचालनलाई व्यवस्थित बनाउने, उम्मेद्वारहरुबारे टुंगो लगाउने र गठबन्धनलाई इमान्दारितापूर्वक अगाडि लैजाने विषयमा छलफल हुने बताइएको छ ।

आकांक्षीहरु शक्तिकेन्द्र र नेताको घरदैलोमा
हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट कांग्रेसले प्राप्त गर्ने सम्भावना बढेको भन्दै आकांक्षीहरु शक्तिकेन्द्र र नेताहरुको घरदैलो धाउन थालेका छन् । हेटौंडा उपमहानगर मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसलाई अगाडि बढाउने र जिल्ला समन्वय समिति प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वारलाई सघाउने ‘भद्र सहमति’ भएसँगै मेयरका आकांक्षीहरु दौडधुपमा व्यस्त हुन थालेका हुन् ।

गठबन्धनको प्रदेशस्तरीय र जिल्लास्तर बैठकमा हेटौंडा उपमहानगरमा कांग्रेसलाई अगाडि बढाउने र समाजवादीलार्ई जिससको नेतृत्व प्राप्त गर्ने विषयमा सहमति देखिएको स्रोतको दाबी छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...