Thursday, June 1, 2023

राजनीतिक दलहरुलाई ज्ञापन
‘भोट माग्न बालबालिका प्रयोग नगरौं’

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

हेटौंडा–बालबालिका तथा किशोरकिशोरी (१८ वर्षमुनिका) लाई चुनाबको कुनै पनि प्रक्रिया (प्रचारप्रसार गर्ने, भोट माग्ने, र्याली वा विजय जुलुसमा संलग्न हुने) मा समावेश नगर्न आग्रह गरिएको छ । निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता, २०७८’ को पूर्णपालना सुनिश्चित गरिनुपर्ने माग गरिएको हो ।

नेपाल सरकारले विभिन्न समयमा नीति, रणनीति, गुरुयोजना, योजना, कार्यक्रम आदिमार्फत् जारी गरेका बालबालिका सम्बन्धि प्रतिवद्धता कार्यान्वयनमा दलको प्राथमिकता घोषणापत्रमा समावेश गरिनुपर्ने, सडकमा आश्रित, अभिभावकविहीन, हिंसा, दुव्र्यवहार, शोषण (शारीरिक, मानसिक तथा यौन र श्रमशोषण), बेचबिखन, बालविवाह, मानसिक समस्या आदि लगायतका कारण जोखिम अवस्थामा रहेका बालबालिकाकोे उचित संरक्षण, पुनस्र्थापना, विकास, सिप, शिक्षा र परिवारको जीविकोपार्जनका विषयमा निश्चित योजना र कार्यक्रम बनाउने प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिनुपर्ने भनिएको छ ।

दलको घोषणापत्रमा बालबालिका संरक्षण, विकास र सशक्तीकरणका लागि कम्तिमा १५ प्रतिशत् बजेट विनियोजन गरी बालक्लब तथा किशोरी क्लब गठन एवम् सञ्चालन गर्ने प्रतिवद्धता रहनुपर्ने, सरकारद्वारा जारी बालमैत्री स्थानीय शासनलाई आत्मसात् गरी उक्त अवधारणा कार्यान्वयनमार्फत् हरेक विद्यालय, टोल, नगर, सेवाप्रदायक संघसंस्था, हरेक व्यवसाय, सार्वजनिक पूर्वाधार र व्यवहार एवम् कार्यशैलीलाई बालमैत्री बनाउने अठोट गरिनुपर्ने माग पत्रमा गरिएको छ ।

आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा बालअधिकारका विषय र बालअधिकार संरक्षण एवम् प्रवद्र्धनको सवाललाई राष्ट्रिय गौरवको योजना बनाइनुपर्ने सवाललाई मध्यनजर गरी मकवानपुरका ७ राजनीतिक दललाई ज्ञापनपत्र बुझाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला अध्यक्ष सर्केश घलान, नेपाल कम्युनिष्ट पार्टी (एस) जिल्ला अध्यक्ष श्रीधर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष शिवराम थापा, जनता समाजवादी जिल्ला संयोजक सुबिन मोक्तान, जनमोर्चा नेपाल जिल्ला सचिव दिनेश बिष्टलाई पत्र हस्तान्तण गरिएको सिविन बालहेल्पलाइन मकवानपुर प्रवन्धक झबीन्द्र ज्ञवालीले जानकारी दिए । सबै पार्टीका प्रमुख एवम् प्रतिनिधिले बालअधिकारका विषयलाई घोषणापत्रमा समावेश गर्ने प्रतिवद्धता गरेका थिए ।

नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति बैशाख ३० गतेका लागि घोषणा गरेसँगै देश स्थानीय तहको निर्वाचनको अभियानमा जुटेको छ । निर्वाचनबाट बालबालिकासमेतले लोकतान्त्रिक अभ्यास र शासन सञ्चालनमा नागरिक अधिकारको प्रयोगबारे जानकारी लिने अवसर प्राप्त गर्ने भए पनि यस क्रममा बालबालिकालाई विभिन्न तरिकाले राजनीतिक गतिविधिमा संलग्न गराउने र त्यसबाट बालबालिकाको शारीरिक एवम् मनोवैज्ञानिक हानि पुग्नेतर्फ सिविन नेपालले विगतदेखि सरोकार राख्दै आएको छ ।

निर्वाचनमा बालबालिका प्रयोगको विषयलाई लिएर सिविन नेपाललगायत नागरिक समाजका संघसंस्था, नेपाल सरकारका सम्बन्धित निकाय एवम् स्वयम् राजनीतिक दलको प्रतिवद्धतास्वरुप बालबालिकाको संरक्षणको सवालमा क्रमशः सुधार हुँदै आएको दाबी गरिएको छ ।

नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु र आम सरोकारवालाले आगामी स्थानीय निर्वाचनलक्षित आआफ्ना तयारी अगाडि बढाइरहेको परिप्रेक्षमा सिविन नेपालद्वारा मुलुकका सातै प्रदेशका विभिन्न स्थान र अवस्थामा रहेका बालबालिका तथा किशोरकिशोरीका प्रतिनिधिसँग छलफल गरेको छ ।

बालबालिकाले स्थानीय चुनाबलाई कसरी लिएका छन्, दलका घोषणापत्रमा बालबालिकाका कस्ता विषय समावेश गरिनुपर्ला, मताधिकार, लोकतान्त्रिक अधिकार र अभ्यासका सम्बन्धमा उनीहरुको कस्तो धारणा छ जस्ता विषयमा केन्द्रित छलफलमा बालबालिका तथा किशोरकिशोरीबाट व्यक्त विचार तथा भावना समेटी ध्यानाकर्षणपत्र तयार पारिएको छ । यसरी तयार पारिएको ध्यानाकर्षणपत्रमा उल्लिखित बालबालिका तथा किशोरकिशोरीका भावनालाई राजनीतिक पार्टीले आफ्नो निर्वाचन घोषणापत्र एवम् प्रतिवद्धतापत्रमा छुट्टै शीर्षकअन्तर्गत् सम्बोधन गर्न र कार्यान्वयन गरी व्यवहारतः पुष्टि गर्न सिविन नेपालले अपिल गरेको छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...