Sunday, June 4, 2023

‘उम्मेद्वार प्रोफाइल’ को हुन् राजेश बानियाँ ?

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

हेटौंडा–‘राजनीति पेशा होइन, समाजसेवा हो,’ भन्ने मूल भावनासाथ राजनीतिमा होमिएका व्यक्ति हुन् राजेश बानियाँ । हेटौंडा–५, पिप्लेका स्थायी बासिन्दा रहेका उनी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ (ख) का सभापति हुन् । बानियाँ सत्तारुढ गठवन्धनका तर्फबाट वागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगर उपमेयरका उम्मेद्वार हुन् ।

करिब २५ वर्षदेखि विभिन्न संघसंस्थामार्फत् समाजसेवामा सक्रिय उनी हाल हेटौंडालाई समृद्ध बनाउने संकल्पसहित जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । २०३६ बैशाख २९ गते वीरेन्द्रबहादुर र आमा नर्वदा बानियाँका सन्तानको रुपमा हेटौंडामा जन्मिएका उनी २०५० सालदेखि कांग्रेसमा रहेर सक्रिय राजनीति गरिरहेका छन् । स्थानीय बालज्योति माध्यमिक विद्यालयबाट एसएलसी गरेका बानियाँले मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्म अध्ययन पूरा गरेका छन् ।

अमेरिका, क्यानडा युकेजस्ता समृद्ध मुलुकको व्यावसायिक भ्रमणपश्चात् उनले सक्रिय राजनीति गर्ने प्रण गरेका थिए । ‘विदेश भ्रमणपश्चात् आफ्नो माटोमै रहेर विकास गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि मैले सक्रिय राजनीति गर्ने निर्णय लिएँ । हेटौंडाको समग्र विकास र समृद्धि नै मेरो प्राथमिकता हो,’ उनले भने–हेटौंडा सुन्दर सहर हो । यसमा रंग भर्न बाँकी छ । हामी विकासका मोडल तयार पारेर अ ै सुन्दर र समृद्ध बनाउने छौं ।

लामो समय सामाजिक अभियन्ताका रुपमा सक्रिय बानियाँ २०७४ बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनबाट लोकप्रिय मतसहित हेटौंडा–५ को अध्यक्ष निर्वाचित भएका थिए । जनप्रतिनिधि भएपश्चात् राज्यबाट प्राप्त सम्पूर्ण सेवासुबिधा उनले विशेषगरि बालबालिकाको क्षेत्रमा खर्च गरे । वडा अध्यक्ष रहँदा ५ वर्षसम्मको सेवासुविधा उनले शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा खर्चे । राज्यबाट प्राप्त मासिक २८ हजार ७ सय १० रुपियाँ तलबमध्ये बालज्योति माविलाई मासिक २० हजार र लक्ष्मी आधारभुत विद्यालयलाई ८ हजार ७ सय १० रुपियाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि बानियाँले उपलब्ध गराएका थिए ।

उनले वार्षिकरुपमा पारिश्रमिकवापत् आउने ३ लाख ४४ हजार ५ सय २० रुपियाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माविको ३ कोठे भवन निर्माणका लागि उपलब्ध गराएका थिए । विद्यालयले कक्षाकोठा अभाव भएको जानकारी गराएपछि १५ लाख खर्चेर भवन निर्माण गरिदिएको बानियाँले बताए । स्वास्थ्य उपचारका लागि सहज होस् भन्दै सामुदायिक प्रहरी सेवाकेन्द्रलाई उनले एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्स खरिदका लागि १४ लाख ५० हजार खर्चेको उनी बताउँछन् । उनले व्यक्तिगत् खर्चमा वडाबासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । ‘हामी निर्वाचित भए हेटौंडाका १९ वटै वडामा एम्बुलेन्स र विशेषज्ञ डाक्टरसहित स्वास्थ्य सुबिधा उपलब्ध गराउने छौं,’ बानियाँले चिकित्सा स्वास्थ्य अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने आफ्नो योजना रहेको बताए ।

उनले तरुण दल र अन्य भ्रातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् । उनी २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुर र लायन्स क्लबका संस्थापक अध्यक्षसमेत हुन् । पिप्ले युवा क्लबको अध्यक्ष हुँदा उनले पिप्ले क्याम्पा रंगशालाको काम अगाडि बढाएका थिए । ‘पिप्ले क्याम्पा रंगशालाले एउटा स्वरुप लिएको छ । क्लबको अध्यक्ष हुँदा मैदानलाई रंगशालाका रुपमा विकास गर्ने गरी हामीले काम अगाडि बढाएका थियौं,’ उनले आफू उपमेयर निर्वाचित भए प्रत्येक वडामा मिनिरंगशाला र कभर्डहल निर्माण गर्ने योजना सुनाए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...