Thursday, April 25, 2024

गठबन्धनको जित निश्चित

ताजा / भरखरै प्राप्त

हेटौंडा–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय स्थायी कमिटी सदस्य विरोध खतिवडाले जनमतको आधारमा गठबन्धन स्थानीय तह निर्वाचनमा विजयी भइसकेको बताएका छन् ।

शनिबार हेटौंडा–८, कमानेमा गठबन्धनको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले केवल परिणामको गणनामात्र बाँकी रहेको बताए । उनले भने–सबैतिर एमालेविरोधी माहोल रहेको छ । अब कति मतान्तरले विजयी हुने भन्नेमात्र बाँकी हो । गठबन्धनमा देखिएको जनलहरलाई उत्साहित बनाउँदै अब नसोचोको परिणाममा विजयी गराउने जिम्मा मतदाताकै भएको उनले बताए । ‘गठबन्धनको पक्षमा देखिएको जनलहरले चुनावी प्रतिष्पर्धामा रहेको अहमता र आडम्बरले भरिएको शक्ति मैदानमा हिँड्नसमेत सकेको छैन,’ उनले भने–अब स्थानीय तह, आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयसँगै तीन तहमा गठबन्धनको सरकार हुनेछ । जनताले ल्याएको परिवर्तनलाई संस्थागत् हुन दिनुको साटो फाल्न खोज्ने एमालेलाई मतपरिणामबाटै पाखा लगाउनुपर्ने भन्दै उनले विकास र परिवर्तनलाई संस्थागत् गर्न गठबन्धनलाई मत दिन आग्रह गरे । गठबन्धनलाई खिस्याउनेहरुको अवस्थालाई स्थानीय तह निर्वाचनबाट परिणाममुखी जवाफ दिनुपर्ने उनले बताए ।

कार्यक्रममा उपमहानगरमा गठबन्धनबाट मेयर उम्मेदवार मीनाकुमारी लामाले निर्वाचनको परिणाम सकारात्मक आए जनताका समस्या र गुनासा हल गर्ने बताइन् । उनले नगरबासीलाई रोजगारी सिर्जना गराउने काममा योजना बनाएर अघि बढ्ने बताउँदै सबै ठाउँमा उत्साहित जनताको समूहमा शिक्षा, स्वास्थ्य र सामाजिक विकास र पूर्वाधारको विकासका कामलाई पूरा गर्ने प्रतिवद्धता जनाइन् । उनले गठबन्धनले सार्वजनिक गरेका प्रतिवद्धतापत्रमै धेरै कुरालाई समेटिएको बताउँदै त्यसलाई हेर्न र बुझ्न आग्रह गरिन् ।

पाँच वर्ष उपप्रमुख भएर काम गर्दाको अनुभवलाई साथ लिँदै जनताको सेवा र नगरको विकासमा लाग्ने उनले बताइन् । उनले हेटौंडाको मुहार फेर्ने गरी काम गर्न एकपटक गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरिन् । उनले भनिन्–हामी पूर्वाधार निर्माणसहित युवा, विद्यार्थी, र महिला सशक्तीकरणलाई जोडेर काम गछौं ।

कार्यक्रममा उपप्रमुख उम्मेद्वार राजेश बानियाँले सत्ता गठबन्धनको पक्षमा देखिएको माहोलबाट विपक्षी अत्तालिएको बताए । उनले गठबन्धनको पक्षमा उपमहानगरभर जनमत देखिएको भन्दै एमालेको लालकिल्ला अब तोडिने दाबी गरे । गठबन्धनबाट सही जनप्रतिनिधि हेटौंडाले पाउने बताउँदै हालसम्म गलत जनप्रतिनिधि छनौट हुँदा उपमहानगरको विकास अघि नबढेको बताए । उनले सत्तारुढ गठबन्धन हेटौंडामा विजयी भएसँगै हेटौंडाका हरेक वडाको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

जनता र स्थानीयस्तरमा स्वास्थ्य सुबिधा पु¥याउने गरी काम गर्ने बताउँदै पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने उनले बताए । नगरको समानान्तर विकासमा ध्यान दिँदै बजेट सधैं बजारकेन्द्रित नगरेर गाउँ क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले गठबन्धनसँगमात्र हेटौंडा विकासको खाका र रहेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles