Thursday, February 2, 2023

वागमती प्रदेशसभा नीति तथा कार्यक्रम सोमबार

ताजा / भरखरै प्राप्त

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

सभापति रविले भने : 'मेरो मौनता आज सम्मका लागि मात्रै हो' काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा...

सांसद अरुणकुमार चौधरी पक्राउ

१९ माघ, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो...

रास्वपाले गृहमन्त्रालय नछाड्ने

१५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा...

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

१५ माघ, काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका...

निशा गुरुङ

हेटौंडा–वागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनअन्तर्गत् शनिबार बसेको तेस्रो र चौथो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

बैठकमा दलगत्रुपमा सांसद्हरुले सरकारले ल्याएको विनियोजन विधेयकमाथि आफ्ना धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिएका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् प्रदेशका पूर्वअर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले सरकार परिवर्तन भए पनि सरकारको प्राथमिकताको क्षेत्र परिवर्तन हुन नसकेको बताए । उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सरकारले विगतको भन्दा पनि कमजोर योजनाहरु ल्याएको उनले बताए ।

उनले गठबन्धन सरकारले निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको दाबी गरे । उनले प्रदेश सरकारले जनपक्षीय कामका लागि कुनै पनि योजना ल्याउन नसकेको दाबी गरे । उनले स्थानीय निर्वाचनमा गठबन्धन सरकारले निर्वाचन जित्नैको लागि सत्ताको दुरुपयोग गरेकोसमेत बताए । उनले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा अघिल्ल्लो प्रदेश सरकारले विद्युतीय सवारीसाधन चलाउन योजना ल्याउँदा वर्तमान सरकारले बेवास्ता गरेको बताए ।

ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताका समस्याका लागि कुनै ध्यान नगएको टिप्पणी गरे । ‘प्रदेश सरकारलाई १८ मन्त्री आवश्यक छ,’ प्रश्न गदै उनले भने–यी सबैको भरणपोषण गर्दा बिउ कहाँबाट ल्याउनु, मल कहाँबाट ल्याउनु ? उनले किसानहरु मल नपाएर समस्यामा परेका बेलामा सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए । नेता ढुंगेलले गठबन्धन नेतृत्वको सरकारले काम चलाउनका लागिमात्र बजेट ल्याउन लागिपरेको आरोपसमेत लगाए ।

उनले एमालेलाई हराउनका लागि वर्तमान सरकारले निर्वाचनको समीप्यतामा ऐनविपरीत २ हजार ३ सय योजनाहरु बाँड्ने काम गरेको बताए । नेता ढुंगेलले वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकताका विषयहरु ल्याएको बताए । मन्त्री जम्कट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकताहरु तयार पारेको बताए । उनले सोहीअनुसार सरकारको बजेटले जनतालाई सम्बोधन गर्ने र कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम ल्याउन सरकार सक्रिय रहेको बताए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

सभापति रविले भने : 'मेरो मौनता आज सम्मका लागि मात्रै हो' काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा...

सांसद अरुणकुमार चौधरी पक्राउ

१९ माघ, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो...