Thursday, June 1, 2023

हेटौंडामा एअरपोर्टको चर्चा

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

हेटौंडा–हेटौंडामा एयरपोर्ट आवश्यक रहेको भन्दै हेटौंडा–३, बसामाडीको राप्ती नदीउकास जमिनमा तटबन्ध गरेर आन्तरिक विमानस्थल निर्माण गर्ने विषयमा प्रदेश सरकारले अध्ययन गरिरहेको छ ।

यस विषयले प्रदेशसभामा पनि प्रवेश पायो । स्थायी राजधानीका लागि आवश्यक पूर्वाधारमध्ये सांसद्हरुले एअरपोर्ट माग गरेका हुन् । सांसद्हरुले प्रदेशको स्थायी राजधानी रहेको हेटौंडामा आन्तरिक विमानस्थल हुनुपर्ने बताएका छन् ।

प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले हेटौंडामा प्रदेश राजधानी हुँदा आन्तरिक विमानस्थल आवश्यक रहेको औंल्याए । प्रदेशसभा सदस्य उनले बसामाडी वा हर्नामाडी जहाँ भए पनि हेटौंडाआसपास आन्तरिक विमानस्थल भए राजधानीको महिमा बढ्ने बताए ।

प्रदेशसभा सदस्य विद्या श्रेष्ठले राजधानी हेटौंडामा आन्तरिक विमानस्थल आवश्यक रहेको बताइन् । प्रदेशको राजधानी हेटौंडा उपयुक्त भए पनि आन्तरिक विमानस्थलको सुबिधा हुनुपर्ने उनले बताइन् । सबै सुबिधा भएर पनि आन्तरिक विमानस्थल अभाव रहेको सांसद् मुनु सिग्देलको धारणा छ । आन्तरिक विमानस्थल भयो भने हेटौंडामा कुनै कुराको कमी नहुने सिग्देलको भनाइ छ ।

बसामाडीका बासिन्दाले तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राप्तीको नदीउकास जमिनमा विमानस्थल निर्माण गर्न माग गरेपछि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न लागिएको थियो । विमानस्थल निर्माण सुरु भएपछि जानकारी दिने गरी प्रदेश सरकारले तयारी गरिरहेको एक जनप्रतिनिधिले जानकारी दिएका छन् । राप्तीखोलाको बगरका रुपमा उपयोगबिहीन अवस्थाको जमीनलाई सुधार गरेर उपयोग गर्न प्रदेश सरकारले पहल सुरु गरेको थियो ।

हेटौंडा–३ को पूर्वपश्चिम राजमार्गको दक्षिणतिर रहेको करिब ३ सय बिगाहा जमिनमा आन्तरिक विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्न स्थानीयले प्रदेश सरकारसमक्ष माग गरेका हुन् । प्रदेश राजधानीमा विमानस्थल आवश्यक रहेको र यसका लागि बसामाडीको खाली जमीन उपयोगी हुने स्थानीयको भनाइ छ ।

हेटौंडा बजारबाट करिब ७ किमी दुरीमा रहेको प्रस्तावित विमानस्थललाई प्रदेश सरकारले अगाडि बढाउने भएको छ । राप्तीखोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटबन्ध गरी विमानस्थल निर्माण गर्न स्थानीयले माग गरेका हुन् । तत्कालीन मुख्यमन्त्री पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामालगायत टोलीले पटक÷पटक उक्त क्षेत्र अवलोकन गरेको थियो । बाढी आउने समयमा खोलाको बहावका लागि आवश्यक स्थान राखेर तटबन्ध निर्माण गरी राप्तीबगरलाई उपयोग गर्न सकिने स्थानीयको धारणा छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्र वागमती प्रदेशको राजधानी भइसकेको अवस्थामा अब मकवानपुरमा एक विमानस्थलको खाँचो देखिएको छ । राजधानी भएपछि यहाँ विभिन्न निकायहरुको कार्यालय स्थापनादेखि राजधानीका सबै अत्यावश्यक सेवाहरु सञ्चालन भएको अवस्थामा मकवानपुरमा एउटा विमानस्थल आवश्यक देखिएको हो ।

नेपालको राजधानी काठमाडौंबाट आधा दर्जन बढी सडकमार्गहरुसँग जोडिएको हेटौंडामा विमानस्थल नहुँदा अत्यावश्यक काम गर्न कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै यहाँ विमानस्थल निर्माणको काम थाल्नुपर्ने विज्ञहरुको भनाइ छ ।

उनीहरुको भनाइलाई आधार मान्ने हो भने हेटौंडाको पदमपोखरी क्षेत्र विमानस्थलका लागि सम्भावना भएको क्षेत्र हो । हेटौंडाका तत्कालीन ११ वडाभित्र विमानस्थलका लागि आवश्यक जग्गा नरहनु, हटिया तथा हर्नामाडी र बसामाडी क्षेत्रमा जग्गा भए पनि नजिका ठूला पहाड रहेका कारण पनि पदमपोखरी क्षेत्र राम्रो विकल्पका रुपमा रहेको उनीहरुको भनाइ छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...