Sunday, June 4, 2023

सकारात्मक सन्देश/हारेकाले जित्नेलाई दिए प्रतिवद्धतापत्र

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

हेटौंडा–निर्वाचित भएकाले पराजित भएका उम्मेद्वारलाई बेवास्ता गरेर अघि बढ्ने र पराजित भएकाले पनि निर्वाचित भएकालाई कसरी असफल पार्न सकिन्छ भन्ने सोच राजनीतिमा राख्ने गरेको पाइन्छ । तर, हालै सम्पन्न स्थानीय निर्वाचनमा वडा अध्यक्षमा पराजित उम्मेद्वारले आफ्नो चुनावी प्रतिवद्धतापत्र निर्वाचित वडा अध्यक्षलाई हस्तान्तरण गरेर सकारात्मक सन्देशप्रवाह गरेका छन् ।

नेपाल विवेकशील पार्टीका तर्फबाट हेटौंडा–१७ का अध्यक्ष उम्मेद्वार कृष्णदेव भण्डारीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष उद्धव सत्याललाई चुनावी घोषणापत्र हस्तान्तरण गरी वडाबाट जनहितका लागि हुने जुनसुकै गतिविधिमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । सत्याल नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

वडा अध्यक्ष सत्याललाई घोषणापत्र हस्तान्तरण गर्दै भण्डारीले भने–मैले वडाबासीका आवश्यकता र चाहनालाई मध्यनजर गरेर निकै लामो अध्ययनपश्चात् घोषणापत्र तयार पारेको थिए“ । चुनाव प्राविधिक कुरा हो । हामी सबैको उद्धेश्य वडाको विकास र वडाबासीको हित हो । हामी सबै मिलेर प्रतिवद्धता पूरा गरौं । हामीले परिवर्तन चाहेको हो भने मैले अवसर पाए“÷पाइन“ भन्दा पनि मेरा योजना वडाबासीको हितका निम्ति लागु भयो कि भएन भन्ने कुरा चा“ही ठूलो कुरा हो ।

उनले वडा अध्यक्ष सत्याललाई पार्टीप्रतिमात्र जिम्मेवार नभइ समग्र वडाबासीको हितमा काम गर्न रचनात्मक सुझाव दि“दै त्यसमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । वडा अध्यक्ष सत्यालले आफू निर्वाचित भएको बताउ“दै सबैलाई समेटेर सबैको मनोभावना कदर गरेर अघि बढ्ने बताए । प्रतिस्पर्धी उम्मेद्वारहरुबाट पनि सहयोगको अपेक्षा रहेको बताउ“दै उनले कार्यकालमा वडाको विकासमा डटेर लाग्ने विश्वास दिलाए ।

भण्डारीले प्रतिवद्धतापत्रमा बृद्धलाई भत्ता लिन बैंकसम्म जान वडाले ईरिक्साको व्यवस्था गर्ने, बृद्ध, अशक्त, सुत्केरीको सर्जिमिन गर्नुपर्ने अवस्था भए वडा सदस्य र स्वयम्सेवक परिचालन गरी सेवाग्राही नागरिकको घरदैलोमा पुगेर सेवाप्रवाह गरिने, सेवाप्रवाहमा एकद्वार प्रणाली लागु गरिने उल्लेख गरेका थिए ।

सेवाग्राहीले आवश्यक कागजात एक ठाउ“मा बुझाएपछि सेवाग्राही प्रतीक्षालयमा आराम गरिरहेकै ठाउ“मा कार्यसम्पन्न गरी सेवा प्रदान गरिने, वडा कार्यालयको भवनलगायत वडाका २० वटा चोकलाई फ्रिवाइफाइ जोन बनाउने, विद्युतीय खपत बढाउन एलपीजी ग्यास प्रतिस्थापन गरी हरेक परिवारलाई एउटा विद्युतीय चुलो (इन्फ्रारेड इन्डक्सन) ५ वर्षभित्रमा वडाका सबै घरपरिवारमा निःशुल्क वितरण गरिने उल्लेख थियो ।

कृषितर्फ निर्वाहमुखी परम्परागत् कृषि गरिरहेका किसानलाई कृषिउद्यमी हुन प्रेरण, डिपबोरिङ र लिफ्टिङमार्फत् सिचाईं, कृषि तथा भेटेरिनरी प्राविधिकद्वारा हरेक घर र कृषि फर्ममा नियमित निरीक्षण, वर्षमा २ पटक निःशुल्क पशुजा“च शिविर, बाख्रापालनका लागि उपयुक्त भएकोले बाख्रापालन प्रवद्र्धनमा जोड, परम्परागत्रुपमा गर्दै आएको पशुपालनलाई विकास गर्ने उनको योजना थियो ।

भण्डारीले शिक्षकमा सिप विकासका लागि आवधिकरुपमा विषयगत् तालिम, प्रधानाध्यापक तथा शिक्षकले स्वनिर्मित वार्षिक लक्ष्यलाई आवधिक मूल्यांकन, शिक्षकलाई पुरस्कृत, विद्यालयहरुलाई आधुनिक शैक्षिक सामग्री, लेखापाल, ईसीडी शिक्षक तथा सहयोगी कर्मचारीलाई उचित पारिश्रमिक व्यवस्थाको प्रवन्ध मिलाइने बताएका थिए ।

उनले सार्वजनिक जग्गा संरक्षण, उपमहानगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न योजना निर्माण तथा कार्यान्वयनमा नगर कार्यपालिकामा सक्रिय भूमिका निर्वाह, प्रादेशिक मन्त्रालय तथा विभागहरु वडामा ल्याउन पहल, महिला नेतृत्व विकासका लागि विद्यालय तह र विश्वविद्यालय तहका विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धि तालिम, वडाको कम्तिमा ३ ठाउ“मा फुटसल, खेलाडीलाई खेल सामग्री र टोलटोलमा व्यायामको अभ्यास गराउने प्रतिवद्धतापत्रमा उल्लेख थियो ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...