Saturday, September 23, 2023

कांग्रेसलाई प्रचण्डको चेतावनी : आउँदो चुनावमा माओवादी दोस्रो नभए सहज हुँदैन

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् ।

पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए ।

‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

उनले यसमा गडबड हुन नदिने भन्ै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे । ‘कम्तीमा (गठबन्धनको) नेतृत्व तहमा राम्रो समझदारी छ, यसमा ढुक्क हुनुहोस्’ उनले भने, ‘गडबड हुन दिइँदैन यो पटक । स्थानीय तहमा जस्तो हुन दिइँदैन ।’

यसरी जाँदा एक पटक देशको बागडोर माओवादीको हातमा आउने भन्दै प्रचण्डले त्यतिबेला पछिसम्म सम्झने गरी काम गर्ने बताए ।

संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने बताए ।

‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए’ उनले भने, ‘…प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरिहेरि टिकट बाँड्न पाइन्छ ।’

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles