Thursday, June 1, 2023

फुकुओकामा दाहालले सच्याए बोली : सिन्जो आबेसँग विभिन्न माध्यमबाट सम्पर्कमा रहेको थिएँ

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग विभिन्न माध्यमबाट आफू सम्पर्कमा रहने गरेको बताएका छन् । शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभल-२०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले जापानका पूर्वप्रधानमन्त्री आबेसँग राम्रो सम्बन्धमा रहेको बताएका हुन् ।

यसअघि अध्यक्ष दाहालले जापानका पूर्वप्रधानमन्त्री आबे नेपाल आउँदा २/३ पटक कुराकानी भएको बताएका थिए । नरिता विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, ‘म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २/३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्‍याक्सन भएको थियो ।’

२६ सेप्टेम्बर २००६- २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२- १६ सेप्टेम्बर २०२० सम्म जापानको प्रधानमन्त्री भएका आबेले नेपाल भ्रमण नगरेको उल्लेख गर्दै दाहालको दाबी गलत भएको समाचार इकान्तिपुरले प्रकाशित गरेको थियो । नरिता विमानस्थलमा गलत दाबी गरेका दाहालले फुकुओकामा सच्याएका हुन् ।

फुकुओकामा प्रवासी नेपालीलाई सम्बोधन गर्दै उनले भने,’एक-डेढ महिनाअघि नै जापान आउने निर्णय भएको थियो । त्यतिबेला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका रूपमा पनि जापानका पूर्वप्रधानमन्त्री आबेसँग विभिन्न रूपले म सम्पर्क र कुराकानीमा हुने गरेको थिएँ । र, उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग भेट्ने र फेरि एकचोटि प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्‍याएको थिएँ । तर दुर्भाग्य उहाँको यहीबीचमा बडो दुर्भाग्यपूर्ण अवसान भयो । म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । शोकसन्तप्त परिवारमा पनि हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...