Sunday, June 4, 2023

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म घेराउ गर्दै नगरप्रमुख विरुद्ध चर्का नाराबाजी गरेका छन् ।
वृन्दावन नगरपालिका वडा नम्वर ४ हर्दिया पल्टुवा गाउँमा जग्गा एकिन गरेर आवश्यक सबै प्रक्रिया पुरा गरी १५ सैयाको अस्पताल भवन बनाउनका निमित्त २०७८ माघ २१ गते टेण्डर आह्वान गरिएका थिए । २५ करोड ३५ लाख कूल बजेट भएको उक्त अस्पताल भवन बनाउन समानान्तर÷रेलिग्रे जेभी कुपन्डोल ललितपुरले २४ करोड ३२ लाख ९६ हजार ८५८ रुपैया ३७ पैसामा भ्याट सहित ठेक्का सकार गरेको थियो ।
वृन्दावन नगरपालिकाको कार्यालय विश्राम्पुर रौतहटले गत बैशाख २३ गते राष्ट्रिय दैनिक पत्रिकामा आशयपत्रको सूचना प्रकाशित गरका थिए । सूचना प्रकाशित भएको मितिले सात दिन पछि ठेक्का सकार गर्ने निर्माण कम्पनीले आधिकारी रुपमा उपस्थित भई सम्झौता गर्नुपर्ने थिए तर वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको हुँदा मतगणना पछि सम्झौता गरिने बताइएको थियो ।नगरप्रमुखमा नेकपा एसका उम्मेदवार विनोद प्रसाद कुर्मी विजयी भएपछि उनले ठेक्का सम्झौता गर्न इमान्दारिता देखाएन । उनले आन्तरिक रुपमा उक्त स्थानबाट अस्पताल भवनलाई अन्यत्र सार्ने दाउमा तल्लिन भए तर स्थानीय बासिन्दाहरु तत्कालै ठेक्का सम्झौता गरेर निर्माण प्रक्रियालाई अगाडी बढाउने मौखिक रुपमा नगरप्रमुख कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेललाई भनिरहदा पनि अटेर गर्दै आएपछि साउन १७ गते अस्पताल भवन अविलम्ब यथास्थानमा बन्नुपर्ने माग राख्दै सयौं स्थानीयहरुले ज्ञापन पत्र नगरपालिकामा बुझाए तर नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले लिन मानेन ।स्थानीयहरुले साउन २३ गते भित्र सम्म टुंगो लगाउन अल्टिमेटम दिएपछि ज्ञापन पत्र बुझाएकै दिन अर्थात साउन १७ गते नगरप्रमुख कुर्मीले नगरबोर्डको बैठकबाट समस्या समाधान गर्नुको साटो ठेक्का रद्द गरेर स्थान परिवर्तन गर्ने निर्णय गर्दा स्थानीय बासिन्दाहरु आक्रोशित भई आज देखि नगरपालिकाको कार्यालय घेराउ कार्यक्रम सुरु गर्नुपरेको वडा नम्वर ४ का वडाध्यक्ष श्यामविहारी यादवले गुनासो गरे ।
सयौं स्थानीयहरु प्रदर्शन गरिरहदा पनि नगरप्रमुख कुर्मीलाई कुनै वास्ता नगर्दा आन्दोलनको कार्यक्रम आजबाट सुरु भएको जव सम्म ठेक्का सम्झौता र निर्माण कार्य यथास्थानमा हुँदैन तव सम्म प्रदर्शन जारी रहने उनले चेतावनी दिए ।
यसैविच निर्वतमान मेयर रामस्नेही यादवले स्थानीय जनताहरुको स्वास्थ्यको ख्याल राख्दै उपलब्ध गराइएको जग्गामा स्वाल परिक्षण, डिपिआर गराएपछि टेण्डर आह्वान भए । सोही अनुरुप काठमाडौंको निर्माण कम्पनीले ठेक्का पनि सकार गरे । आशयपत्रको सूचना समेत प्रकाशित भयो तर नवनिर्वाचित मेयर कुर्मीले अनावश्यक बखेडा गरेको गम्भीर आरोप लगाए । राम्रो कामलाई राम्रो भन्नुपर्नेमा आफनो घर नजिक अस्पताल बनाउनुपर्ने ढिपी राख्दै विकास निर्माण एवं नगरवासीको स्वास्थ्य संग खेलवाड गरिरहेको हुँदा सोको परिणाम गम्भीर हुने चेतावनी दिए ।
माओवादीको टिकटबाट वृन्दावन नगरपालिकाको मेयरमा चुनाव लडेका रामप्रसाद पटेलले प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव स्वीकृत भई आशयपत्रको सूचना प्रकाशित भईसकेको अवस्थामा अहिलेको मेयरलाई ठेक्का रद्द गर्ने र स्थान परिवर्तनको कुरा गरेर नगरमा दम्भ प्रस्तुत गरेको गम्भीर आरोप लगाए । यथास्थानमा अस्पताल भवन बन्नु पर्ने भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल संग पनि कुरा गर्दा उनले म विचार गर्छु तर जनता संग राजनीतिक प्रतिशोध साध्न स्थान परिवर्तन गर्दा यहाँको अवस्था धेरै भयाभय हुने उनले चेतावनी सहित गम्भीर आरोप उनले लगाए ।
यस विषयमा नगर प्रमुख विनाद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमलाल भुजेल संग सम्पर्क गर्दा उनीहरु सम्पर्क हुन सकेनन । सभार: : तराई टपबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...