Sunday, June 4, 2023

जनलोकपाल आयोगमा १८ उजुरी दर्ता, कर्मचारी अभावले अनुसन्धानमा समस्या

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८/७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ । अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरू दर्ता भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा आयोगले हालसम्म एउटा पनि उजुरीको अनुसन्धान पूरा गर्न सकेको छैन ।

गत २०७८ भदौमा स्थापना भएको उक्त आयोगमा अनियमितता तथा भ्रष्टाचारसम्बन्धी १८ उजुरी दर्ता भए पनि जनशक्ति अभावका कारण हालसम्म कुनै पनि उजुरीमा अनुसन्धान पूरा गर्न नसकेको आयोगका अध्यक्ष रामसहाय राय यादवले जानकारी दिए । सबैभन्दा बढी मातहतको जिल्लास्थित स्थानीय तहमा भएको अनियमिततासम्बन्धी उजुरी छन् । प्रदेशभित्रका सार्वजनिक निकाय तथा संस्थामा भएको अनियमितता छानविन गरी दोषीमाथि कारबाही अघि बढाउने अधिकारसहित गठन भएको उक्त आयोगले लामो समयसम्म नियमावली र कर्मचारी नपाउँदा परेको उजुरीमाथि छानविन अघि बढाउन नसकिएको उनको भनाइ थियो ।

स्थानीय तहबाट सञ्चालित विकासका योजनामा भ्रष्टाचार भएको र नियुक्ति प्रक्रियामा अनियमितता भएको भन्दै आयोगमा उजुरी दर्ता भए पनि कर्मचारी अभावमा फाइल हेर्न नसकेको अध्यक्ष यादवले बताए । प्रदेशका धनुषा,महोत्तरी,रौतहटलगायत जिल्लाबाट यस्तो प्रकारका उजुरी बढी दर्ता भएको छ । “आयोगमा ३३ कर्मचारीको दरबन्दी भए पनि अहिले कार्यालय प्रमुख मात्र स्थायी कर्मचारी छन्”, अध्यक्ष यादवले भने, “एक त प्रचार–प्रसार नभएर धेरै उजुरी आएको छैन, आएको उजुरीमाथि पनि कर्मचारी अभावका कारण फाइलहरू अध्ययन गर्न सकिएको छैन ।”

नियमावली र कर्मचारी पठाउन पटक–पटक प्रदेश सरकारलाई पत्राचार गरे पनि अहिलेसम्म न त नियमावली आयो, न कर्मचारी नै उनको गुनासो थियो । “मुद्दाको अनुसन्धान गर्न कानुनका कर्मचारी चाहिन्छ, छापा मार्न प्रहरी चाहिन्छ”, अध्यक्ष यादवले भने, “अहिले हामीसँग न त कानुन शाखाका कर्मचारी छन्, न प्रहरी नै छ कसरी काम गर्ने हो ?” 

आयोगमा विभिन्न ४७ वटा पदका लागि  कर्मचारी माग गरिएकामा गत मङ्सिर १७ गत प्रदेश सरकारले ३३ कर्मचारी दरबन्दीको स्वीकृति दिएको थियो । प्रदेश सरकारले भ्रष्टाचारमुक्त, उत्तरदायी र सुशासनसहित नागरिकका अधिकारलाई सुनिश्चित गरी आर्थिक सुशासन कायम गर्ने उद्देश्यले गत भदौ २२ गते आयोगका पदाधिकारी नियुक्त गरेको थियो । आयोगको अध्यक्षमा यादव, सदस्यमा शोभा महतो र राजकिशोर साह रहेका छन् ।  

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...