Sunday, June 4, 2023

यसरी बनाउन सकिन्छ परम्परागत नेवारी क्वाँटी

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

‘क्वाँटी’ खासगरी जनैपूर्णिमामा खाने गरिन्छ । फरक-फरक गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वादिलो हुनुका साथै शक्तिवद्र्धक पनि हुन्छ । यो खास नेवारी परिकारमध्ये एक हो ।

‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप हुन्छ । क्वाँटीले वर्षभरिको थकान मेटाएर ऊर्जा दिने समेत विश्वास गरिन्छ ।

क्वाँटी पकाउने सबैको आ-आफ्नै तरिका हुन्छ । तर मौलिक नेवारी शैलीमा क्वाँटी यसरी पकाउन सकिन्छ :

सजना श्रेष्ठ

आवश्यक सामग्री

क्वाँटी, गरम मसला, प्याज, तोरीको तेल, जिरा धनियाँको पाउडर, गेडा जिरा, नुन, बेसार, लसुन अदुवाको पेस्ट, ज्वानो, रातो धुलो खुर्सानी, मसिनो गरी काटिएको हरियो धनियाँ ।

क्वाँटीमा टुसा उमार्ने तरिका

चना, मस्याम, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर कम्तीमा पनि ९ प्रकारको गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । यस्ता गेडागुडीको मिश्रण गर्नुअघि यसलाई टुसा उम्रने गरी पानीमा भिजाउनुपर्छ । चार दिनअघि भिजाएर भोलिपल्ट पानीबाट निकालेर सफा भाँडामा हावा नछिर्ने गरी छोपेर राख्ने वा मलमलको कपडामा बाँधेर तीन दिन झुण्डाइदिनुपर्छ । यसरी राख्दा गेडागुडीमा राम्ररी टुसा उम्रन्छ ।

नेवारी क्वाँटी पकाउने तरिका

-चार दिन भिजाएर टुसा उम्रिएको गेडागुडीलाई एउटा ठूलो भाँडामा राखेर राम्ररी पखाल्ने ।

-ग्याँस चुलोमा कुकुर बसालेर त्यसमा सफा गरिएको गेडागुडी राख्ने, झोलको मात्रा अनुसार पानी राख्ने । त्यसपछि स्वाद अनुसार नुन र बेसार राखेर बिर्को लाएर ठिक्कको आगोमा कम्तीमा पाँच सिट्ठी लगाएर आधा घण्टा पकाउने ।

-अब ग्याँस चुलोमा कराही बसाल्ने र राम्ररी तातेपछि त्यसमा थोरै तेल राखेर जिरा फुराउने । जिरा खैरो भएपछि मसिनो गरी काटिएको प्याजलाई पनि राखेर राम्ररी चलाउने ।

-प्याज पनि राम्ररी भुटिसकेपछि अदुवा लसुनको पेस्ट राखेर पनि राम्ररी चलाउने र अघि पकाएर राखिएको कुकरको क्वाँटीलाई त्यो कराहीमा खन्याउने ।

-अब बाँकी भएको मसला जिरा धनियाँको धुलो, धुलो खुर्सानी, गरम मसला राखेर राम्ररी चलाउने ।

-धेरै सुप बनाउने हो भने आवश्यकता अनुसार पानी थप्ने र राम्ररी उम्लिन दिने ।

-ग्याँस स्टोभको अर्को चुलोमा तावा बसाल्ने र त्यसमा तोरीको तेल राखेर राम्ररी खारिएपछि ज्वानो राख्ने । ज्वानो खैरो खैरो भएपछि ग्याँसलाई बन्द गर्ने र क्वाँटीमा त्यो ज्वानो राखेर झान्ने ।

-अब क्वाँटी तयार हुन्छ । त्यसपछि मसिनो गरी काटिएको हरियो धनियाँ राख्ने र ग्याँस बन्द गर्ने । यसको सुप खानासँग र खाजाको रूपमा खान सकिन्छ ।

(श्रेष्ठ गृहिणी हुन् ।)

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...