Thursday, February 9, 2023

लालमोहर यादव : मलेसियाविरुद्ध सुपर रेइड हान्दा प्रो–कबड्डीमा चिठ्ठा

ताजा / भरखरै प्राप्त

जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिति अध्यक्षमा सर्वसम्मत बिरेन्द्र यादव

रौतहट, २३ माघ । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका, रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ। जनता...

प्रशासनको काममा विचाैलिया राेक्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

प्रेमचन्द्र झाराैतहट, माघ २२। जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल...

बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

२२ माघ, काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका...

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ

२२ माघ, काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन...

रेशम चौधरीविरुद्धको मुद्दा आज सर्वोच्चको पेशीमा

२२ माघ, काठमाडौं । नागरिक उन्मुक्ती पार्टीका नेता एवं पूर्वसांसद रेशम चौधरी आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दा...

काठमाडौं । चार वर्षअघि इण्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुद अन्तर्गत प्रो-कबड्डीमा नेपालले मलेसियामाथि जित रचेको थियो । सो खेलका नायक हुन्– लालमोहर यादव । आक्रामक र रक्षात्मक दुवै भूमिकामा अब्बल प्रदर्शन गरेका उनले सुपर रेइड हान्दै जितमा लालमोहर लगाए । नेपाली सेना हुँदै कबड्डीको राष्ट्रिय टिममा पुगेका लालमोहरका लागि त्यो जितले प्रो कबड्डीको ढोका खोलिदियो ।

विश्व कबड्डीको महारथी देश भारतमा फ्रेञ्चाइज प्रतियोगिता प्रो कबड्डी लिग स्थापित र प्रतिष्ठित छ । विश्वभरका कबड्डी खेलाडीको आकर्षणका रुपमा रहने यो प्रतियोगिताको छैठौं संस्करणदेखि लालमोहर आवद्ध छन् ।

सञ्जय श्रेष्ठले पहिले नै नेपाली खेलाडीका लागि प्रो कबड्डीको ढोका खोलिसकेका थिए । लाल मोहरलाई पनि राम्रो प्रदर्शन गर्दै प्रो कबड्डी जाने इच्छा पलाउनु स्वाभिक थियो । जुन एसियाडपछि पूरा भयो ।

फ्रेञ्चाइज टिम पुनेरी पल्टनले छैटौं सिजनका लागि उनलाई ८ लाख भारुमा भित्र्यायो । सातौं सिजन २ लाख बढी पारिश्रमिकसहित बैंगलुरु बुल्स पुगेका लालमोहरले आठौं सिजन क्लबविहीन भए । आसन्न नवौं सिजनका लागि उनी पुनः बैंगलुरुमै पगेका छन् । उनीसँगै अर्का नेपाली खेलाडी नागेश्वर यादव पनि यो सिजन प्रो कबड्डी लिगमा बिक्री भएका छन् ।
प्रो कबड्डी–उच्च व्यवस्थापन, खेल्न नपाउँदा छटपटी

सुरुमा पुनेरी पल्टन टिममा पुग्दा लालमोहर त्यहाँको व्यवस्थापन देखेर चकित बने । खानपानदेखि, ट्रेनिङ सबै व्यवस्थित थियो । उच्चस्तरका प्रशिक्षक थिए । पारिश्रमिक पनि राम्रो थियो । ‘आर्मी भएको हुनाले नेपाली खेलाडी अनुशासित छन् भन्नेमा उनीहरु हामीप्रति सकरात्मक थिए,’ लालमोहरले भने ।

नेपालबाट जे गर्न गएको उनले त्यो पाएनन् । छैठौं सिजनमा मात्र होइन सातौं सिजनमा पनि उनले कोर्टबाहिर बेञ्चमै बसेर पूरा सिजन बिताए । खेल्न नपाउँदा उनलाई ठूलो छटपटी हुन्थ्यो । ‘टिममा कसलाई खेलाउने भन्ने त प्रशिक्षकमा निर्भर हुने कुरा भयो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले व्यावसायिक करिअरको सुरुवाती दिन स्मरण गरे, ‘कबड्डी टिम गेम हो । सबैजना सँगै अभ्यास गछौं । त्यतिबेला जोस हुन्ट । कोर्टभित्र पनि सँगै हुन पाए राम्रो गथेँ भन्ने हुन्थ्यो ।’


यस पटक नेपालका दुवै खेलाडी लालमोहर र नागेश्वर थारु एउटै टिममा छन् । दुई मध्ये एक जनाले खेल्ने अवसर पाएमा पनि त्यो ठूलो उपलब्धी हुने लालमोहरको विश्वास छ । उनीहरु सम्मिलित बैगलुरु बुल्सको प्रशिक्षण यही अगष्ट तेस्रो सातादेखि बेंगलोरमा हुने तय छ । उताबाट चिठ्ठी आएपछि सबै प्रक्रिया मिलाएर जाने लालमोहरले बताए । नेपाली खेलाडीको आउनेजाने टिकटदेखि सबै खर्च टिमले नै बेहोर्नेछ ।

प्रो कबड्डीमा एक टिममा कम्तीमा १८ जना र बढीमा २५ जनासम्म खेलाडी हुन्छ । एक टिमले दुई विदेशी खेलाडी कम्तीमा राख्नैपर्नेछ । यस्तै सेटमा एक जना विदेशी खेलाडी खेलाउनुपर्नेछ ।

प्रो कबड्डी खेल्न नपाए पनि लालमोहरले धेरै कुरा सिकेका छन् । कमजोर घरेलु संरचना र सीमित अन्तर्राष्ट्रिय सहभागिता रहने नेपालको कबड्डीबाट उदाएर व्यावसायिक लिगको अनुभवले उनी निःशन्देह नेपालका नम्बर एक खेलाडी हुन् । ‘प्रशिक्षण कसरी गर्नेदेखि समय व्यवसथ्पनसम्मका धेरै कुराहरु सिक्ने अवसर भयो,’ उनले भने ।

प्रो कबड्डीबाट फर्किएपछि लालमोहरले यहाँका अन्य खेलाडीहरुसँग अनुभवहरु बाँड्ने गरेका छन् । अब खेलाडीको रुपमा केही समय अझै खेल्ने र पछि साना खेलाडीहरुलाई सिकाउने लाल मोहरको इच्छा छ । भन्छन्, ‘भविष्यमा स्कुलका विद्यार्थीलाई सिकाउने र राम्रो खेलाडी उत्पादन गर्ने मन छ ।’

नेपाल कबड्डी संघले पनि प्रो कबड्डी जस्तै लिग नेपालमा आयोजना गर्ने तयारी गरेको छ । यदी यस्तो प्रतियोगिता हुन सके धेरै राम्रो हुने र धेरै खेलाडीहरु पनि आउने उनको विश्वास छ ।

अक्षय कुमारसँगको भेट उनलाई विशेष लाग्छ, ‘टाढैबाट देख्दा पनि नमस्ते के छ भन्नुभयो । गुड डिसिप्लेन भन्नुभयो ।’ क्रिकेटर विराट कोहली लगायत अन्य चर्चित सेलेब्रेटीहरु समेत भेट भएको उनले बताए ।

सिरहादेखि प्रो कबड्डीसम्मको यात्रा

लालमोहरका बुबाको इच्छा थियो छोराले ठूलो भएर देशको सेवा गरोस्, परिवारको नाम राखोस् । सिरहाको सामान्य परिवारमा जन्मेका लाल मोहरले पनि सानैदेखि त्यसैका लागि मिहिनेत गरे । पढाइ राम्रै थियो, खेलकुदमा पनि सानैदेखि रुचि बढाए । गाउँमा रहँदा प्रायः सबै खेल खेलेका छन् ।

पिताको इच्छाअनुसार उनी देशको सेवा गर्न नेपाली सेनामा भर्ती भए । सेनाबाटै खेलाडी बनेर उदाए, अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगसम्म पुगेर परिवारको नाम राखे ।

३१ वर्षीय लालमोहरले कबड्डीको राष्ट्रिय टिमबाट खेल्न थालेको सात वर्ष भयो । त्यसअघि उनी २०६८ सालमा आर्मीमा भर्ती भएर २०७२ सालदेखि त्रिभुवन आर्मी क्लबमा आवद्ध भएका हुन् ।

लालमोहरले सिराहकै श्री सत्यनारायण सूर्यनारायण बहुमुखी क्याम्पसबाट प्लस टू सम्मको अध्ययन पूरा गरेपछि नेपाली सेनामा जागिर सुरु गरे ।

‘बुबाको चाहना छोराले देशका लागि सेवा गरोस् भन्ने थियो । म सानै देखि कुस्ती खेल्थें । कबड्डीबारे सुनको थिएँ तर खेलेको थिइनँ । फिजिकल फिटनेस पनि राम्रो भएकाले आर्मी हुन कठिन भएन,’ उनले भने ।

आर्मीको आन्तरिक तालिम र प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनी क्लबमा पुगेका हुन् । तालिममा शारीरिक रुपमा बलियो भएपछि उनलाई कबड्डी खेलाडीका रुपमा क्लवमा बोलाइएको थियो । प्रधानसेनापति ट्रफीमा उनको मध्यपृतना टिमले लगातार तीन पटक उपाधि जितेपछि उनको कबड्डी यात्रा सुरु भएको हो ।

लालमोहरसहितको आर्मीको कबड्डी टिमले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र त्यसबीचमा भएको राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्यो । सेनामा अमलदार रहेका लालमोहरले त्रिभुवन आर्मी क्लब र नेपालका लागि लगातार खेल्दै आएका छन् ।

राष्ट्रिय टिममा प्रवेश

२०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रमा स्वर्ण जितेपछि लाल मोहर राष्ट्रिय टिमा पनि छनोट भए । सन् २०१६ मा भारतको गुवाहटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८ औं एसियन गेम्समा पनि उनले सहभागिता जनाए । जहाँ नेपालले समूह बीमा पाँच खेल खेल्दा चार खेलमा पराजित भएको थियो भने मलेसियालाई हराएको थियो । महेश बोहराको कप्तानीमा रहेको नेपाली टिमको उपकप्तान उनै लालमोहर थिए ।

नेपालले मलेसियालाई २९–१७ ले हराएको थियो । जापानसँग तीन र इण्डोनेसियासँग चार अंकको अन्तरले नेपाल पराजित भएको थियो ।

‘हामीले त्यहाँ मलेसियालाई हरायौं । जुन हाम्रो लागि खुशीको क्षण थियो । जापानसँग पनि हामी जित नजिक थियौं । तर अन्तिमतिर राम्रो प्रदर्शन गर्न नसक्दा पराजित भएका थियौं,’ लालमोहरले एसियन गेम्सको अनुभव सुनाए ।

एसिनन गेम्सपछि उनले २०१९ मा नेपालमै भएको १३औं साग खेले । यस्तै बंगलादेशमा भएको बंगबन्धु अन्तर्राष्ट्रिय प्रतियोगिता पनि दुई पटक खेलिसकेका छन् ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिति अध्यक्षमा सर्वसम्मत बिरेन्द्र यादव

रौतहट, २३ माघ । जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका, रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ। जनता...

प्रशासनको काममा विचाैलिया राेक्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र

प्रेमचन्द्र झाराैतहट, माघ २२। जिल्ला प्रशासनले कार्यालय आगाडीबाट विचाैलियालाई हटाउन लगाएका छन ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवा प्रवाहमा विचाैलियाको चलखेल...

बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

२२ माघ, काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका...