Sunday, June 4, 2023

रवीन्द्र मिश्रले भने : स्थानीय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिन्न थिएँ

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

३० साउन, काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् ।

स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने स्पष्ट पार्दै उनले भनेका छन्, ‘प्रष्ट छु: स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन । तर नतिजा अति नराम्रो भयो। राजीनामा दिएँ । वास्तविकता यही हो । हल्ला धेरै किसिमको चलाइयो ।’

उनले सामाजिक सञ्जालमा  थप लेखेका छन्, ‘अन्तत्वगत्वा: अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका छन् र नेतृत्व हष्तान्तरण भएको छ। त्यसबाट राहत मिलेको छ। नयाँ नेतृत्वलाई हृदयदेखिको शुभकामना अर्पण गर्दछु ।’

भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाइएको र यो स्वभाविक रहेको उनले बताएका छन् । ‘आउँदा दिनहरूमा म पार्टीभित्र र बाहिर मेरा दृष्टिकोणहरूबारे सक्दो व्याख्या गर्ने प्रयास गर्नेछु । विश्वास दिलाउन प्रयास गर्नेछु । सकेँ भने, सकिहालेँ, सकिन भने मुस्कुराउन र थप प्रयास गर्न छोड्ने छैन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’, उनले लेखेका छन् ।

राजीनामापछि पनि अझ ठूलो चुनौतीको पहाड चड्ने बताउँदै उनले देशको रुपान्तरणका लागि राजनीतिक-सामाजिक रूपमा ‘मडरेट कन्जरभेटिभ’ धारका सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरू एक ठाऊँमा आउनै पर्नेमा जोड दिँएका छन् । मिश्रले विचार मिल्नेहरुलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

‘आजसम्म मैले जे देखेँ, भोगेँ, बुझेँ, पढेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, नेपालमा राजनीतिक-सामाजिक रूपमा ‘नरम संवर्धनवादी  र अर्थ-राजनीतिक रूपमा उदार ‘कल्याणकारी’ बाटो नअपनाएसम्म यो देश मरिगए रूपान्तरण हुँदैन,’ उनले लेखेका छन्, ‘यी दुई दर्शनलाई समिश्रण गर्न सक्ने विश्वासिलो पार्टी नेपालमा छैन। एजेण्डामात्र उठाएर पुग्दैन। त्यसका लागि विश्वासिलो शक्ति नै निर्माण गर्नु पर्ने हुन्छ ।’

सभार-आलाईन खबरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...