Thursday, June 1, 2023

धरानका मेयरले सार्वजनिक गरे अहिलेसम्मका कामको सूची

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले अहिलेसम्म आफूले गरेका कामको सूची सार्वजनिक गरेका छन् । ‘१०० दिनमा के गरिस्’ भनेर प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले बुधबार १३ कामको सूची सार्वजनिक गरेका हुन् ।

सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै धरानको मेयरमा निर्वाचित राईले गत जेठ ९ गते शपथ लिएका थिए । बुधबार उनले शपथ लिएको ८७औं दिन हो । मेयर राईले अहिलेसम्म ४ ठाउँबाट खानेपानीको मुहान थपेको जानकारी दिएका छन् । त्यस्तै श्रमसंस्कृतिको क्रान्ति सुरु गरेको पनि उनको भनाइ छ ।

धरानमा खानेपानी मुहान बनाउन होस् वा वृक्षरोपण गर्न पछिल्लो समय हजारौँ मानिसको सहभागिता हुने गरेको छ । त्यस्तै उनले अहिलेसम्म ६ लाख विरुवा रोपेको पनि बताएका छन् । केही दिन काठमाडौं बसेर गएका मेयर राईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रमदानका लागि निमन्त्रणा दिएको बताएका छन् । त्यस्तै उनले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन, अर्थमन्त्री जनार्दन शर्मालगायतका व्यक्तिलाई पनि भेटेका थिए ।

स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् ।

यस्ता छन् मेयर राईले उल्लेख गरेका काम

  • १. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरें !
  • २. ४ ठाउँबाट खानेपानीको मुहान थपें !
  • ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !
  • ४. ६ लाख विरुवा रोपें !
  • ५. सरसफाइमा देखिने सुधार ल्याएँ !
  • ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
  • ७. जलविद्युत्को सफल परीक्षण गरी बगरमा बत्ती बालें !
  • ८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन !
  • ९. लागूऔषधविरुद्धको अभियान सुरु गरें !
  • १०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !
  • ११. पारदर्शी हिसाब किताब सार्वजनिक गरें !
  • १२. पालिकाका सेवामा तीव्रता र प्रस्टता ल्याइदिएँ !
  • १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...