Saturday, September 23, 2023

रौतहटका किसान भन्छन् : साउन सकियो, न पानी पर्यो न मल पाइयो

ताजा / भरखरै प्राप्त

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...

गौर हत्याकाण्ड पीडितको आक्रोश : सत्ता गठबन्धनले जंगलराज फर्काउन खोज्यो

रौतहटको गौरमा २०६३ चैत ७ गते २७ जना माओवादी कार्यकर्ताहरुको ज्यान जाने गरी भएको हत्यकान्डको छानबिन अघि नबढाउने सत्ता गठबन्धनको निर्णयमा पीडित पक्षले कडा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद...

रौतहट, ०३ भदौ । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. २ भलोहियाका कृषक रामचन्द्र दासलाई यो वर्ष न मलले साथ दियो न पानीले । उनी असारमा धानको बीउ राख्ने तयारीमा थिए तर मल पाएनन् ।

उनले पनि पानी नपरेकाले समयमै रोपाइ गर्न सकेनन् । जेनेतन कुलो र बोरिङको पानीले भएपनि रोपाइ त गरे । तर खेतीका लागि प्रयाप्त पानी नपरेपछि लगाएको धानसमेत सुक्दै गएका छन् । ‘पानी पर्दैन, खेत पटपटी फुटेर चिरा पर्न थाल्यो,’ उनले भने ‘सिंचाइ पुगेन भने धान फल्दैन । धान नफले के खाने ?’

आफ्नो खेत नभएपछि उनले लिजमा लिएर धान खेती गर्ने गरिरहेका थिए् । आकाशे पानीको भरमा धानको बीउ पनि राखिन् । तर खेतीका लागि प्रयाप्त पानी नपरेपछि उनले धान रोप्न सकेका छैनन् । ‘धानको बीउ खेतमै छ,’ उनले भने्, ‘धान रोप्न नसकेपछि बीउ पनि पहेलो भइसक्यो । त्यस्तै रौतहटका अधिकांस किसानहरुको पीडा पनि उस्तै छ ।

रौतहटमा यस वर्ष पानी नपरेपछि धान खेती प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती हुँदै आएको जग्गा बाँझै छन् भने धान रोपेका खेतका गह्रा सुकेर चिरा पर्न थालेका छन् ।

धान रोपाइँ गर्न रासायनिक मलको अभाव भोगेका किसानलाई यसपटक मौसमले समेत साथ दिएको छैन । यो वर्ष धान खेतीका लागि पानी नपरेपछि जिल्लाका केही ठाउँमा अझै रोपाई हुन सकेको छैन ।
‘असार महिनामा मुस्किलले थोरै पानी प¥यो । थोरै पानीको भरमै किसानले जसोतसो धान रोपाइँ गरे, तर धानलाई चाहिने पानी अझै पर्न सकेको छैन ।’

भदौ महिना सुरू भए पनि पानी नपर्दा किसानले रोपेको धानको गह्रा चिरा परेका छन् । ‘सिंचाइँ सुविधा पुगेको ठाउँमा मात्रै रोपाइँ भएको छ । जहाँ सिंचाई सुविधा छैन त्यहाँ धान रोपाइँ हुन सकेको छैन’, ‘पानी परेन भने त धान रोपाइँ नहुने अवस्था भयो ।’

सिंचाई सुविधा नपुगेका स्थानमा भूमिगत पानीमार्फत पनि सिंचाई सुविधा पु¥याउन किसानहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तरभने तिनै तहका सरकार भने कानमा तेल हालेर सुतेका एक पिडित किसानले बताए ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर...

Related Articles

कांग्रेस रौतहटद्वारा आज बीपी जयन्तीको,सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन...

दशौं महाधिवेशनपछि पहिलो पटक ओली–रावल संवादमा जुटे

साउन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ। रावलले मंगलबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय...