Thursday, June 1, 2023

अदालतले नै मिच्यो नियम, २ वर्षदेखि फुटपाथमा पार्किङ

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

काठमाडौँ — काठमाडौं जिल्ला अदालत अगाडि दुई वर्षदेखि फुटपाथ ढाकेर दुईवटा सवारी साधान राखेको छ । एउटा बस र ट्रक अदालत अगाडि दुई वर्षदेखि फुटपाथ मिचेर राखिएको हो । सर्वसाधरणलाई हिँड्नका लागि बनाइएको सडक पेटीमा अदालतले नै नियम मिचेर सवारी साधन राखेको छ ।

ना ४ ख ४५१६ नम्बरको बससहित अर्को ट्रक त्यसरी फुटपाथमा राख्दा पैदलयात्रीलाई कठिनाइ हुने गरेको छ । अदालतको फुटपाथ अगाडि नै अव्यवस्‍थित तरिकाले पसल सञ्चालन भइरहेका छन् ।

अदालत अगाडिको फुटपाथ मिचेर प्रहरीले डोरी टाँगेर राखेको छ । त्यहाँ सुरक्षा जाँचका लागि भनेर फुटपाथ नै मिचिएको छ । अदालत अगाडि फुटपाथ मिचेर सवारी साधानहरू पार्किङ हुने गरेका छन् । सर्वासाधरण चेपिएर त्यो सडक हिँड्नुपर्ने बाध्यता छ ।

अदालतका सूचना अधिकारी दीपक दाहाल दसी प्रमाणको रुपमा ती सवारी साधान प्राप्त भएको भन्दै पार्किङ गर्ने ठाउँ नभएर त्यहाँ राखिएको बताए । सूचना अधिकारी दाहाललाई कानुन कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघन गर्नु सुहाएन नि भन्ने प्रश्नमा उनले कान्तिपुरलाई ‘व्यवहारिक कठिनाईका’ का कारणले फुटपाथमै राख्न बाध्य भएको बताए । उनका अनुसार अदालतको पार्किङ एरियामा दसी प्रमाणका रुपमा प्राप्त सवारी साधानले भरिएको र राख्ने ठाउँ नै नभएकाले त्यता राखिएको बताए ।

दसी प्रमाणको रुपमा प्राप्त सवारी अदालतले बुझ्दिनँ भन्न पनि मिलेन,’ उनले कान्तिपुरिसत भने,’पार्किङ गर्ने अन्य ठाउँ नभएकाले हो । व्यवहारिक कठिनाइका कारणले पार्किङ गरिएको हो । अब यो मुद्दाको छिट्टै छिनोफानो हुने भएकाले जतिसक्दो हटाउन कोसिस गर्नेछौं ।’

जिल्ला अदालत अगाडि मात्रै नभएर बबरमहल क्षेत्रको फुटपाथ ढाकेरै पार्किङ हुने गरेको छ । सवारीधनीलाई एकपछि अर्को पार्किङ गरिएका बाइक र स्कुटरको बीचबाट आफ्नो सवारी निकाल्न हम्मे–हम्मे पर्ने गर्छ भने फुटपाथ ढाकेरै पार्किङ गरिँदा पैदलयात्रीहरू चेपिएर हिँड्न बाध्य छन् ।

‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ मा जथाभावी पार्किङ गर्नेलाई पहिलो पटकका लागि १ हजार र दोस्रो पटकदेखि प्रत्येक पटक ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

यसैबीच काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई भवनको नक्सा पास भएको प्रमाण पठाउन भन्दै पत्र काटेको जनाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार अदालतलाई पनि पत्र काटेर नक्सा सम्बन्ध विवरण पठाउन भनिएको जानकारी दिएका थिए । महानगरको भवन तथा सहरी विकास विभागका प्रमुख सुरज शाक्यले पनि अदालतको नक्सा पास भएको विवरण नभेटिएपछि पत्र काटिएको बताएका थिए । उनले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

सभार-कान्तिपुरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...