Monday, October 3, 2022

बालेनले जंगिएर सोधे : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

ताजा / भरखरै प्राप्त

पत्रकार मण्डलको १३ औ पुण्यतिथिमा नेपाल पत्रकार महासंघले गरे मत्सरीमा शाेक सभा

प्रेमचन्द्र झागाैर, अशाेज १७ । नेपाल पत्रकार महासंघ राैतहटका पुर्व सचिव रविन्द्र मण्डलको १३औ पुण्य तिथिको अवसरमा शाेक सभाकाे आयोजना गरि श्रदाञ्जली...

जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष भएर सहयोग गर्नेछाै :- मरासिनि

प्रेमचन्द्र झारौतहट, अशाेज १६ । जिल्ला सदर मुकाम गाैरमा आईतबार एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको छ ।

ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा शुभकामना कार्यक्रम सम्पन्न

प्रेमचन्द्र झागाैर, अशाेज १४ गते । राैतहट उधोग वाणिज्य संघ गाैर को आयोजनामा ऊधोग व्यवसायीको समसामयिक विषयमा छलफल तथा विजया दशमी २०७९...

लोसपाकी कार्यकारिणी सदस्य चन्दा चौधरी कांग्रेस प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीकी कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर...

सरकारी गोदाममै उत्पादन मितिविनाको खाद्य सामग्री

११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ ।  महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख...

 काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे ।

नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।

मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।

मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?

अल्फाबिटाका प्रतिनिधिले नगरपालिकामा के हुन्छ त ? भनेर प्रतिप्रश्न गरे । आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।

बालेनले पत्रिकामा निकालेरको ३५ दिने सूचना देखाए । अनि जंगिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

अल्फाबिटाका अर्का प्रतिनिधिले बालेन सर, तपाईँ आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन भनेर प्रतिप्रश्न गरे । अघिदेखि बालेनसँग बहर गरिरहेका व्यक्तिले मलाई थर्काउन खोजेको भनेर बोलेनलाई अर्को प्रश्न गरे ।

तर मेयर बालेनले तत्काल प्रतिवाद गरे । आफूहरुले मिडिया स्टन्ट पनि नगरेको उनले बताए । महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।
व्यवसायिक भवनहरुले आफ्नो पार्किङ हुनुपर्ने बताए । महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गरे ।

तर अल्फाबिटाका प्रतिनिधिले लिखित लिए वकिलसहित आउने बताए । साथै आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यवसायीलाई सम्मान गर्न आग्रह गरे ।

सभार-अनलाईन खबरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

Related Articles