Wednesday, May 22, 2024

मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल

ताजा / भरखरै प्राप्त

९ भदौं, काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार्छन् । उनले भने, ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज देखिएन, तत्काललाई केही नहुने भयो ।’

४ मंसिरको चुनाव घोषणा भएइसके पछि केही दिनअिघ अध्यक्ष यादवले राउतलाई राजीनामा गर्न निर्देशन दिएका थिए । तर राउतले राउतले राजीनामा दिएका थिएनन् ।

सभार-अनलाईन खबरबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles