Thursday, June 1, 2023

मधेसी दलितद्वारा संसदमा प्रतिनिधित्व माग

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

मधेसका अगुवा दलितहरुले अगामी प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा मधेसी दलितलाई सहभागी गराउने विषयमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई आइतवार भेटेर उनीहले सो ध्यानाकर्षण गराएका हुन् ।  


प्रतिनिधिसभा दलितका लागि १३.८ प्रतिशत आरक्षित कोटा र प्रदेशमा जनसंख्याको अनुपातमा दलितको प्रतिनिधित्वका लागि निर्वाचन आयोगले विशेष पहल गरियोस् भनि आफूहरुले ध्यानाकर्षण पत्र नै बुझाएको संसदमा मधेसी दलितका लागि पैरवी गरिरहेका भोला पासवानले बताए ।  निर्वाचन आयोगले दलहरुलाई समानुपातिकको सूची बुझाउन निर्णय गरी पत्राचार गर्दा दलितभित्रका महिला र मधेशी दलितलाई जनसंख्याको आधारमा समान अवसर दिने कुराको ग्यारेन्टी हुनुपर्ने उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।



निर्वाचन आयोग पनि संवैधानिक निकाय भएकाले मधेशी दलितका लागि संविधानमा गरिएको व्यवस्था कार्यान्वय गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउदै भोला पासवानले मधेशी दलितले संवैधानिक अधिकार नपाए न्याय खोज्न संवैधानिक बाटो खोज्ने बताए ।  २०७४ पुस ७ गते निर्वाचन आयोगले राजनीतिक दलहरुलाई पठाएको एउटा पत्रमा ‘हालै सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्राप्त भएको सीटमा मधेसी दलितको समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व गराउने सम्बन्धमा निर्वाचन आयोगलाई संलग्न बमोजिमको निवेदन प्राप्त भएकाले सो बमोजिम आवश्यक व्यवस्थापनका लागि आदेशानुसार अनुरोध छ’ भनि उल्लेख छ । 



संविधानको धारा ४० मा दलित हको व्यवस्था गरिएको छ । संविधानको धारा ४० (१) मा राज्यका सबै निकायमा दलितलाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हुनेछ भनिएको छ । साथै धारा ४० (७) मा दलितका लागि उपलब्ध हुने अवसर, सेवा सुविधामा दलितभित्र महिलालगायत सबै समुदायका दलितले समानुपातिक रुपमा पाउने व्यवस्था छ । यी व्यवस्थाका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मधेशी दलितको सहभागि हुनुपर्ने भन्दै आयोगलाई ध्यानाकर्षण गराएको छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...