Sunday, June 4, 2023

नेपाल–भारत परराष्ट्र सचिव वार्ता : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमा छलफल गर्ने

ताजा / भरखरै प्राप्त

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...

गौर नगरप्रमुखको एक वर्षे उपलब्धि सार्वजनिक

प्रेमचन्द्र झा । रौतहट : रौतहट गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षे उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र...

२०० करोड भारु कमाउँदै ‘केरला स्टोरी’ बन्यो सर्वकालीन ब्लकबस्टर

काठमाडौं । भारतीय फिल्म ‘द केरला स्टोरी’को कमाइले पछिल्लो समय रिलिज भएका शाहरुख खानको ‘पठान’ बाहेकका सबैजसो फिल्मलाई उछिनेको छ । फिल्मले...

२९ भदौ, काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ ।

भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न दुई देशका परराष्ट्र सचिवहरूको बैठकले उक्त निर्णय गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

‘बैठकमा उहाँहरूबीच सीमाका विषयमा छलफल भयो । उहाँहरूले द्विपक्षीय संयन्त्रमार्फत सीमाका बाँकी काम पूरा गर्ने विषयमा विचार आदान–प्रदान गर्नुभयो’, नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सीमाका बाँकी काम पूरा गर्ने भनिए पनि पछिल्लो समय चर्किएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र तथा सुस्ताका विषयमा छलफल भएको वा नभएको विषयमा स्पष्ट पारिएको छैन ।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौड्याल मंगलबारदेखि भारतको तीन दिने औपचारिक भ्रमणमा छन् । भ्रमणको पहिलो दिन नै दिल्लीस्थित हैदरावाद हाउसमा परराष्ट्र सचिवहरू र प्रतिनिधिमण्डल स्तरीय छुट्टाछुट्टै बैठक बसेको थियो ।

बैठकमा सीमा, कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, संस्कृति, विद्युत सहकार्य र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा अमलेखगञ्जदेखि 

चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म एलपी ग्यासको पाइपलाइन तीव्र रुपमा विस्तार गर्ने सहमति भएको छ ।

‘अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र मोतीहारीदेखि चितवनसम्म एलपीजी पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिन दुवै पक्ष सहमत भएका छन्’, भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, दुवै पक्ष नागरिक–नागरिकबीचको सम्बन्ध सुदृढीकरणका लागि रामायण सर्किटको परियोजनालाई तीव्र रूपमा अगाडि बढाउन पनि सहमत भएका छन् ।

बैकठले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा घोषणा गरिएका परियोजना तथा पहलहरूको समेत समीक्षा गरेको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी संयुक्त ‘भिजन स्टेटमेन्टका’ आधारमा सहकार्य सुदृढ बनाउने सहमति भएको थियो ।

यस्तै कनेक्टिभिटी परियोजनाहरू जयनगर–बर्दिबास, कुर्था–बिजलपुरा खण्ड र जोगबनी–विराटनगरलगायत खण्डको सञ्चालनमा भइरहेको प्रगतिको समेत परराष्ट्र सचिवहरूबीचको बैठकमा समीक्षा भएको विज्ञप्तिमा जनाइएको छ ।

साथै, रासायनिक मल आपूर्ति, गहुँ, चिनी, धान र चामलको निर्यातमा प्रतिबन्ध 

हटाउने विषयमा पनि छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

बैकठमा नेपालले भारतीय कम्पनीलाई निर्माणका लागि दिएको पश्चिम सेती र सेती–६ परियोजनाका विषयमा भारतीय पक्षले चासो व्यक्त गरेको थियो । यससँगै नेपालले कोरोना महामारीमा गरेको सहयोगको प्रशंसा गर्दै लकडाउनमा पनि व्यापारको आपूर्ति खुला राखेकोमा भारतलाई धन्यवाद दिएको थियो ।

भारतीय विदेश सचिव क्वात्राले भ्रमणमा रहेका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए । परराष्ट्रसचिव पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई नेपाल भ्रमणको निम्तो समेत दिएको दूतावासले जनाएको छ । सभार-अनलाइन खबरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

Related Articles

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

१६ जेठ, काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको...

आफ्नो नाम भजाएर राजनीतिक पार्टी विस्तार भइरहेको भन्दै हर्क साम्पाङको आपत्ति

जेठ १६ , काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफ्नो नाम लिएर कसैले आफ्नो राजनीतिक पार्टी विस्तार गरिरहेको दाबी गर्दै आपत्ति...

हवाई यात्रामा हट्यो कोभिड खोप अनिवार्यको नियम

१६ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु...