Sunday, March 26, 2023

जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष भएर सहयोग गर्नेछाै :- मरासिनि

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

प्रेमचन्द्र झा
रौतहट, अशाेज १६ । जिल्ला सदर मुकाम गाैरमा आईतबार एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको छ ।

राैतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं सो अवसरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्देे बोल्नु भयो ।

दलका प्रतिनिधि आचारसंहिता पालना गर्न तयार रहेको प्रतिवद्वता आएकोछ यसलाई सुखद रुपमा लिएको बताउनु भयाे। सुरक्षाको सवालमा प्रमुख जिल्ला अधिकारीबाट सुरक्षामा कमि कमजोरी हुदैन यसले निश्चित रुपमा निश्पक्ष चुनाव हुनछ भने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

जुलुस भेला कोण सभा २४ घन्टा पहिले अनुमति लिनु पर्ने हुन्छन ।बाल बालिकाको प्रयोग नगर्ने । मास मिडिया प्रिन्ट मिडियामा कसरी प्रचार गर्ने निर्देशिका अनुसार गरिदिनु हुन वहाँले अनुराेध गर्नु भयाे । गाैर नगर प्रमुख शम्भु साहले जिल्लामा निर्वाचन केही ठाउंमा मात्र गडबडी हुने गरेकोले स्थानीय प्रशासनलाई सजग गराउनु भयो। सबै ठाउमा सुरक्षाको भरपर्दि व्यबस्था गर्न नगरप्रमुख साहले माग समेतगर्नु भयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अन्य जिल्लाका अनुभव सुनाउनु हुँदै सम्पन्न स्थानिय चुनावबाट राैतहटमा फरक किसिमले चुनाव हुने गरेको जिकिर गर्नु भयो । आचार संहित मुख्य राजनीतिक दलबाट तोडने खालका गतिबिधि नपुर्‍याउन आग्रह गर्नु भयो ।स्थानिय चुनावमा गडबडी गर्ने उपर कार्यवाही भएको जानकारी दिनु भयो ।

सुरक्षा निकायले कसरी भय रहित बातावरणमा कसरी चुनाव गराउने चिन्तन मन्न गर्दैछाै प्रमुख जिल्ला अधिकारी शाहीले बताउदै पछिल्लो चुनाव भन्दा बढी सहयाेग गर्न सबै राजनीतिक दलसंग अनुराेध गर्नु भयाे ।

जनतालाई दिएको मतलाई पुर्णरुपले सुरक्षित गरि परिणाम घाेषना हुने कुरामा विश्वत रहन प्रतिवद्वता व्यक्त गर्नु भयो ।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष कमल राय यादवले निर्वाचन आचारसंहिता अक्षर:सह पालना गर्ने प्रतिवद्वता व्यक्त गर्देे निश्पक्ष चुनाव हुने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

नेकपा एमालेका प्रतिनिधि भोला पाण्डयेले कार्यालय स्थापनाले देशमा शुभ संकेतको रुपमा लिनु हुँदै विवाद रहित चुनावको कामना गर्नु भयो । राप्रपाका जिल्ला अध्यक्ष सतेन्द्र प्रसाद सिंहले निश्पक्ष चुनाव हुने विश्वास व्यक्त गर्दै साना- ठुल्ला दल नहेरी सबैलाई आचार संहिताको पालना गराई दिन हुन अनुराेध गर्नु भयाे । नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलले स्थानिय चुनावमा जिल्लामा देखिए कमि कमजोरी नदोहरियोस भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले स्थानीय चुनाव सुरक्षाकर्मीले देखाएको ईमान्दारीतामा शंका गर्ने ठाउ नरहेको भनुहुदै आसन्न चुनाव निश्पक्ष धांधली रहित हुने कुराम विश्वास व्यक्त गर्नु भयो ।

निर्वाचन कार्यालय राैतहटका प्रमुख छोटेलाल दास,निर्वाचन सम्बन्धि प्राविधिक कुरा राख्नु हुँदै राैतहटमा ४ वटा निर्वाचन क्षेत्रमा अगल अलग सम्बन्धित क्षेत्रमा नै निर्वाचन कार्यालय स्थापना हुन लागेको बताउदै एकको गाैर ,दुईको परोहा ३ को कटहरिया र ४ चन्द्रनिगाहपुरमा कार्यालय स्थापना हुन लागेको वहाँले बताउनु भयो । जिल्लामा १५७ वडा रहैको जसमा २७६ मतदान स्थल ६ ठाउंमा मतदान स्थल सारिएको जानकारी दिनु । ५२३ मतदान केन्द्र ।

सबै कर्मचारी को अस्थायी नामावली तयार गरिएको वताउदै कारागारको कैदी बन्दी सहित सम्पुर्ण कर्मचारीको नाम राखिएकोछ । एक जना मतदाताले ४ वटा मतपत्र पाउने, ४ वटैमा छाप लगाएर ४ वटै मतपत्र अलग अलग मतपेटिकामा खसाल्ने हुन्छ भने प्रमुख दासले थप जानकारी दिनु भयाे ।

साे अवसरमा नेपाली सेनाका कर्नेल गंगा बहादुर विष्ट , नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रियअनुसन्धानका प्रमुख मुकुन्द ढकाल , गाैर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाष कुमार ठाकुर सहितका मुख्य उपस्थिति रहयाे । कार्यक्रम सञ्चालन जिल्ला अदालतका उप सचिव सुशील कुमार यादवले गर्नु भयाे ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...