Saturday, March 25, 2023

सन्दीपले न्यायाधीशलाई सोधे : झुटो आरोप लगाएर मेरो करिअर सकियो, यसको उपचार के हुन्छ श्रीमान्?

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पहिलो पटक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ। पक्राउ परेको पाँचौँ दिनमा प्रहरीले सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। 

प्रहरीले अनुसन्धानका लागि अदालतसमक्ष सन्दीपलाई १० दिन थुनामा राख्न अनुमति माग गरेको थियो। 

तर, अदालतले पक्राउ परेको मितिबाट ७ दिन थुनामा राख्न अनुमति दिएको छ। सातौँ दिनमा सन्दीपलाई फेरि अदालतमा उपस्थित गराउन भनिएको छ। 

न्यायाधीश दण्डपाणि न्यौपानेको इजलासले सन्दीपलाई हिरासतमा राख्न अनुमति दिएको हो। सोमबार बिहान १० बजे नै प्रहरीले सन्दीपलाई अदालतमा पुर्‍याएको थियो। 

सोमबार बिहान ११ बजे न्यायाधीश इजलासमा उपस्थित भएसँगै सन्दीपको म्याद थप बारे कुरा भएको थियो। 

त्यसक्रममा सन्दीपका कानुन व्यवसायी पनि अदालतमा पुगेका थिए। 

सन्दीपका कानुन व्यवसायीले जाहेरी र अन्य कागजात हेर्न पाउनु पर्ने माग गरेका थिए।

तर न्यायाधीशले जवाफ दिए, ‘ती कागजात म हेरौंला, तपाईंहरुलाई के छ भनौँला।’ 

न्यायाधीशले जाहेरी र अन्य कागजात अध्ययन गरिसकेपछि त्यहाँ भएका  मूलभुत कुराहरु जानकारी गराएका थिए। 

सन्दीपका कानुन व्यवसायीले इजलाससमक्ष मुद्दाको छिटो टुंगो लगाइदिन आग्रह गरेका छन्।

 लामिछाने राष्ट्रिय क्रिकेट टिमको कप्तानसमेत (निलम्बित) रहेकाले मुद्दाको छिटो टुंगो लागेर निर्दोष ठहरिए करिअरमा फर्किएर राष्ट्रका लागि खेल्ने भएकाले प्राथमिकतामा राखेर छिटो टुंगोमा पुर्‍याइदिन लामिछानेका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले आग्रह गरे। 

त्यसक्रममा न्यायाधीश न्यौपानेले सन्दीपलाई पनि केही भन्नु छ भनेर सोधेका थिए। सन्दीपले आफू निर्दोष रहेको बताउँदै सुनियोजित रुपमा फसाएको दाबी गरे। 

उनले न्यायाधीसमक्ष भने, ‘यो सम्पुर्ण प्रक्रियाबाट मेरो आत्मासम्मानमा चोट पुगेको छ। चरित्रहत्या गरिएको छ। ममाथि झुटा आरोप लगाइयो। यसको कुनै उपचार छ श्रीमान्?’

जवाफमा न्यायाधीश न्यौपानेले भने, ‘तपाईंले मुद्दाको सुनुवाइका क्रममा ती कुरा उठाउन सक्नुहुन्छ। आज त म्याद थपको विषय मात्रै हो।’

बुधबार फेरि अदालतमा उपस्थित गराउने गरी सन्दीपलाई प्रहरीले गौशला बृत्तको हिरासतमा लगेको छ। 

जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा सन्दीपको बयान आइतबारदेखि सुरु भइसकेको छ।

सन्दीप गत बिहीबार कत्तारको दोहा हुँदै काठमाडौँ फर्किएका हुन्। प्रहरीलाई जानकारी गराएरै आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो। 

त्यसअघि उनी क्रिकेट खेल्नकै लागि नेपाली टिमसहित केन्या पुगेका थिए। 

उनीविरुद्ध भदौ २१ गते एकजना नाबालिगले बलात्कार आरोपसहित जाहेरी दिएकी थिइन्। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...