Sunday, March 26, 2023

उम्मेदवारहरुले फेसबुकमा बुस्ट गरेको हिसाब पनि देखाउनुपर्ने

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सामाजिक सञ्जाल प्रयोगलाई लिएर नयाँ मापदण्ड ल्याएको छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले मंगलबार एक विज्ञप्ति निकालेर सामाजिक सञ्जाल फेसबुकमार्फत गरिने प्रचार प्रसार विज्ञापनको पनि उम्मेदवारहरुले हिसाब देखाउनुपर्ने उल्लेख गरेका छन्। 

आयोगले सामाजिक सञ्जालमार्फत हुने सबै खर्चविवरण चुस्त दुरुस्त राख्न राजनीतिक दलहरु र उम्मेदवारहरुलाई आग्रह गरेको छ। 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको पनि स्मरण गराएको छ।

‘उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग समेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग, सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ’, पौडेलले भनेका छन्, ‘सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सकिएपछि कानुन बमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेकोबारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाइ परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरण चुस्तदुरुस्त राख्न सम्बन्धित सबै दल र उम्मेदवारलाई आग्रह गरिन्छ।’

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था रहेको पनि स्मरण गराएको छ। 

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...