Wednesday, November 30, 2022

अक्षयकुमारको ‘रामसेतु’ ट्रेलर : रामायणकालीन पुललाई खोज्ने संघर्षको कथा

ताजा / भरखरै प्राप्त

थापाथलीको सुकुम्वासी बस्ती आज पनि अशान्त

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त...

सुकुम्बासी बस्तीका बासिन्दाले घेरे काठमाडौं महानगर

१३ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित...

पानीको निकास संगै सडकको विकास नगर प्रमुख साहले गरे शिलान्यास

रौतहट ।। गौर नगरपालिका वर्डा नं. ५ मा सडकमा जमने पानीको निकास र व्यवस्थीत सडकको लागि नगर प्रमुख शम्भु साहले सिलान्यास गर्नु भएको...

क्युव फाउन्डेसनले गरे ज्याकेट र बलान्केट वितरण

रौतहट, मंसिर १२। गाैर।क्युव डेभलपमेन्ट फन्डले ५० /५० जनालाई कम्वल ज्याकेटएक कार्यक्रम बिच वितरण गरेको छ । सो संस्थाले दिएको जानकारी अनुसार...

चितवन–२ मा रवि लामिछानेको अग्रता सुरु

चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता सुरु भएको छ । यसअघि दोस्रो स्थानमा रहेका उनले...

काठमाडौं । अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो भिडियोले रामसेतुको खोजी र संरक्षणका लागि अक्षयलाई दिइएको तीनदिने मिसनको दृश्य पेस गर्छ ।

राष्ट्रिय सम्पदा संरक्षणका लागि खटिएको एक भूगर्भशास्त्रीको भूमिकामा अक्षय देखिएका छन् । नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज, नसार र सत्यदेव पनि ट्रेलरमा चित्रित छन् ।

ट्रेलर अदालती बहसको दृश्यबाट सुरु हुन्छ, जहाँ सरकारले अदालतसामु रामसेतुलाई भत्काउने अनुमति मागेको छ । अभिनेता नासरले भारत रामको विश्वासमा अघि बढ्ने र कसैले चुनौती दिन नसक्ने वाक्य बोलेका छन् ।

उनले अक्षयलाई भूगर्भ अनुसन्धानका लागि रामसेतु खोज्न पठाउँछन् । ज्याकलिन र सत्यदेवलाई लिएर अक्षय मिसनमा निस्कन्छन् । उनलाई त्यसपछि थाहा लाग्छ, मर्नको लागि उनलाई त्यहाँ पठाइएको हो ।

नुसरुत भरुचालाई छोटो दृश्यमा देख्न सकिन्छ, जहाँ उनी रामसेतुलाई भेट्नु असम्भव रहेको बताउँछिन् ।

ट्रेलरको अन्त्यमा अक्षय रामसेतुको एक टुक्रा चट्टान लिएर समुन्द्रबाट बाहिर आउँदै गरेको देख्न सकिन्छ । भ्वाइसओभरमा अक्षय भन्छन्, ‘संसारमा श्रीरामका लाखौं मन्दिर छन्, तर सेतु एउटा मात्र छ ।’

रामायणमा उध्दृत भएजस्तो रामसेतुको कथाबाट फिल्म प्रभावित छ । तमिलनाडुको पाम्वन टापु र रामेश्वरम टापुलाई रामसेतुको एउटा श्रृंखला मानिन्छ । रामायणका अनुसार सीतालाई लंकाबाट उद्धार गर्न श्रीराम र उनका सैनिकले रामसेतु निर्माण गरेका थिए । अभिषेक शर्मा निर्देशित फिल्म रामसेतुलाई अमेजन प्राइम र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन् ।

फिल्म कात्तिक ८ गते रिलिज हुँदैछ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

आइबिए बिधालयकी जेसिका साह बनिन उत्कृष्ट वक्ता

रौतहट, २८ भदौ । रौतहट सदरमुकाम गौर स्तिथ राइस मिल को सभा हलमा एस आर एच मिडिया नेपाल को आयोजनामा अन्तर बिध्यालय...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles