Saturday, March 25, 2023

कात्तिक १७ अघि आमसभा गर्न पाइँदैन, गरेमा उम्मेदवारी खारेज हुनसक्छ : आयुक्त भण्डारी

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दल र उम्मेदवारहरूले कोणसभा र आमसभा गर्न नपाउने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । त्यसो गरेमा निर्वाचन आचारसंहिता उल्लंघन हुने र उम्मेदवारको मनोनयन खारेजसम्मको कठोर निर्णयमा आयोग पुग्ने उनले चेतावनी दिएका छन् । 

‘अहिलेको बेलामा कोणसभा, आमसभा लगायतका गोष्ठी, सेमिनारलगायतका कुनै पनि विषय निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन,’ उनले भने, ‘दलका प्रतिनिधिहरूको सहमतिमा समेत बनेको आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै भनेको कात्तिक १८ बाट निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरू गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ ।’

उम्मेदवार र राजनीतिक दलहरूले अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताको घरदैलो कार्यक्रम गर्न सक्ने भण्डारीले बताए । अहिले घरदैलको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी आइरहेको उनले जानकारी दिए । ‘थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको मसिनोसँग छानबिन गरिरहेका छौं । धेरै दर्जन स्पष्टीकरण पनि सोधिरहेका छौं । स्थानीयस्तरमा निर्वाचन अधिकृतहरूले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले घरदैलोसम्म गर्नका लागि आचारसंहिताले छुट दिएको हो । घरदैलो प्रयोजनका लागि पनि सीमा निर्धारण गरेको छ । जे पायो त्यै गरेर घरदैलो गर्न पाइँदैन । त्यसैले आचारसंहिता अध्ययन गरेर उम्मेदवारहरूले त्यसको परिधिमा बसिदिनुस् । कानुनले सजाय नपाउने गरी घरदैलो गरिदिनुस् भनेर आग्रह गर्दछु ।’

निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले कठोर कारबाही गर्ने आयुक्त भण्डारीको चेतावनी छ । ‘निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरिदिनुभयो भने आयोगले कठोरतापूर्वक उहाँहरूलाई कारबाही गर्नुपर्छ । त्यो कारबाहीको विषय कतिसम्म होलाभन्दा मनोनयन पत्र खारेज पनि हुनसक्छ,’ उनले भने, ‘आचारसंहिता कार्यान्वयन गर्ने सवालमा कुनै पनि कसर बाँकी राख्दैन बडो निर्मम तरिकाले निर्दयी भएर कारबाही गर्दछ । अहिले घरदैलोसम्म गर्ने कार्यक्रम हो त्योभन्दा बढी प्रचारप्रसार केही पनि गर्न पाउनुहुन्न ।’

निर्वाचन आयोगले आचारसंहिता देखाउँदै अहिले घरदैलो मात्रै गर्न पाउन भनेपनि उम्मेदवार र राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसार तीव्र पारेका छन् । कोणसभा, आमसभाका कार्यक्रम पनि तीव्र भएका छन् ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...