Saturday, March 25, 2023

हर्क साम्पाङ भन्छन्, ‘चाडपर्वले हाँस्न सिकाउँछ, हाँस्दा मनोरोगबाट मुक्त भइन्छ’

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

खरो र खस्रो टिकाटिप्पणी गरेर सामाजिक सञ्जालमा तरंग पैदा गरिरहन्छन्, हर्क साम्पाङ । उनका पोस्टहरुमा ताली र गाली सराबरी हुन्छ । तालीले हौस्याउने र गालीले गलाउने पात्र पनि होइनन् यी । धरान उपमहानगर प्रमुख साम्पाङ ‘आफ्नै पाराका’ छन् ।

बन–विरुवा, कला–संस्कृतिप्रति पनि उनको छुटै लगाव देखिन्छ । कहिले झाडु बोकेर धरानको सडक त कहिले गिटी कुट्दै खोला किनारतिर देखिने उनी तिहारको मेसोमा भने सयपत्री फूलले ढाकिएर ‘दिपावली सन्देश’ दिइरहेका भेटिए ।

गलाभरी सयपत्री, शिरमा ढाकाटोपी । त्यसमाथि पनि सयपत्री । तिहार मुडमा देखिएका हर्क साम्पाङ भिडियो सन्देशमा भन्दै थिए, ‘मान्छे हाँस्नपर्ने रहेछ । हाँस्नका लागि कसरी हाँस्ने, कसरी खुसी हुने ? दुई दिनको जिन्दगीमा ।’

उनी थप्छन्, ‘यसबीचमा लामो संघर्ष त हुन्छ । तर, जीवन छोटो छ । अनि यो छोटो जीवनमा कसरी खुसी रहन सकिन्छ भन्ने हाम्रो कोसिस रहन्छ । यस्ता चाडपर्वहरु हाम्रा पितापूर्खाले दुःख पीरहरु बिर्सनका लागि मनाए होलान् । बनाएको होला जस्तो मलाई लाग्छ ।’

यी चाडपर्वको  पृष्टभूमी थाहा नभएपनि मान्छेले खुसी, उत्साह र उमंग कायम राख्न चाडपर्व मनाउने परम्परा सुरु गरेको उनको बुभाई छ । तिहार पनि यसैमध्येको एउटा महत्वपूर्ण पर्व हो । झिलिमिली, देउसीभैलो, फूलमालाको यो पर्वले सर्वत्र उत्साह छाउँछ । साम्पाङ थप्छन्, ‘यसरी हाँसिरहन, नाचिरहन, बाँचिरहन सकौं । हामी दिनमा एक पटक भएपनि खुलेर हाँस्न सक्नुपर्छ, यसले मनरोगबाट मुक्त गर्छ ।’

दिनमा एक पटक मात्र हाँस्दा पनि डिप्रेसन जस्तो मनोविकारबाट छुटकारा पाइने उनको बुझाई छ । ‘नाच्न सक्नु चाहिँ हाँस्न सक्नुभन्दा पनि माथिको चरण हो जस्तो लाग्छ’ उनी भन्छन्, ‘दुःखी मान्छे कहिल्यै नाँच्दैन । नाच्छ त ?’

नर्तक वा डान्सर नै नभएपनि गीतको तालमा ताल मिलाएर नाच्दा मन फुरुंग हुने उनको अनुभव छ । नाचिरहँदा मनभित्र गुम्सिएको तनाव निस्किएको जस्तो हुने उनी बताउँछन् ।

तिहार उज्यालोको प्रतिकात्मक चाड भएको बताउँदै साम्पाङ यतिबेला भड्किलो गतिविधि नगर्न पनि सुझाउँछन् । उनी भन्छन्, ‘उज्यालो बत्तीको चाड हो । तर, बत्ती बाल्दा सावधानी अपनाउनुपर्छ ।

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...