Sunday, March 26, 2023

मधेश प्रदेशको समृद्धिका लागि कांग्रेसका १० मुख्य चुनावी एजेन्डा सार्वजनिक

ताजा / भरखरै प्राप्त

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...

नेपालको जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम, ०.९२ प्रतिशतमा झर्‍यो

जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ। उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ। 

मिटरब्याजी पीडितका समस्या समाधान गर्न सरकार तयार

चैत १० , काठमाडौँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानका समस्या समाधान गर्न सरकारले पहल थालेको छ।  महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका...

२१ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशको लागि १० बुँदे चुनावी एजेण्डा सार्वजनिक गरेको छ ।

आसन्न निर्वाचनको लागि कांग्रेस मधेस कार्यसमितिले सार्वजनिक गरेको संकल्प पत्रमा अगामी पाँच वर्षमा मधेशको कायापलट हुनेगरी मुख्य १० काम प्राथमिकतामा राखिएको उल्लेख छ ।

कांग्रेस नेतृत्वमा चुनावपछि बन्ने प्रदेश सरकारले लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित जनजाति मुस्लिम तथा पिछडावर्ग उत्थान, अन्तरप्रदेश सम्बन्ध र प्रदेश र संघबीचको सम्बन्धमा विशेष काम गर्ने भनेको छ ।

सुशासन अन्तर्गत प्रत्येक महिना मुख्यमन्त्री जनता दरबार कार्यक्रम सञ्चालन गर्ने, ‘सबैको साथ, सबैको विकास’ भन्ने नारालाई अघि सारेर पूर्वाग्रहरहित सरकार सञ्चालन, आर्थिक विकास अन्तर्गत कृषि उत्पादन अभिवृद्धि गर्न निब्र्याजी ऋणको व्यवस्था, ‘घरघर खाद्य, खेतखेत सिंचाइ’, ग्रामीण कृषि सडक, सिंचाइ, बीउबीजन, कोल्डस्टोर निर्माणलाई प्राथमिकतामा राखेको छ ।

यस्तै ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवस्था गर्ने, ५ वर्षको अवधिमा हाल ६०० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आयलाई १५०० डलर पु¥याउने, जनकपुर चुरोट काराखानालाई विद्युतीय चुल्हो कारखानाको रुपमा विकास गर्ने, वीरगञ्ज ठोरी, वीरगञ्ज पथलैया, जनकपुर ढल्बेवर र गोलबजार लहानमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना रहेको उल्लेख छ ।

भौतिक पूर्वाधार अन्तर्गत पानी बिजुली र सञ्चारको पहुँच सबै घरमा पुर्याउने, काठमाडौं–निजगढ फास्ट्रयाक निर्माणमा तीव्रता दिन पहल गर्ने, रेल सेवालाई विस्तार गरी राजविराजदेखि वीरगञ्जसम्म पु’याउने, प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने तथा निजगढ विमानस्थल बनाउन पहल गर्ने संकल्प पत्रमा उल्लेख गरिएको छ ।

मधेशको सारक्षरता अभिवृद्धि तथा व्यावसायिक शिक्षाको प्रबद्र्धन गर्न यो अवधिमा मधेशभित्र इञ्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानुन र ललितकलाका सरकारी कलेज स्थापना गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा घोषणपत्रले ५ वटा नाराहरु समेत अघि सारेको छ । स्वास्थ्य क्षेत्र अन्तर्गत एम्बुलेन्स, अस्पताल तथा आयुर्वेद अस्पताल निर्माण गरिने समेत जनाइएको छ ।

संकल्प पत्रमा ८० वर्ष भन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा दिने, संघीय सरकारसँगको सम्बन्धलाई मजबुत बनाउँदै नागरिकतासम्बन्धी समस्या समाधान, प्राकृतिक स्रोतको बाँडफाँटसम्बन्धी समस्या समाधान, जनसंख्याको आधारमा मधेशमा बजेट वृद्धि गर्न पहल गर्ने उल्लेख समेत उल्लेख छ ।

सबै जनताको आफ्नै घर, राम्रो शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था, स्वच्छ खानेपानी, विजुली, सर्वसुलभ यातायात, सुरक्षा तथा सम्मान तथा सर्वसुलभ सञ्चार उपलब्ध भए मात्रै प्रदेश समृद्ध समुन्नत र सुखी हुने आकर्षक नाराहरु अघि सारेको छ । सभार-अनलाइन खबरबाट

लोकप्रिय

अस्पताल सार्न पाइदैन भन्दै स्थानीयले गरे नगरपालिका घेराउ

रौतहट, २४ साउन । आधारभूत अस्पताल सार्न पाइदैन, यथास्थानमा बन्नु पर्ने माग राख्दै मंगलवार वृन्दावन नगरपालिकाको कार्यालयलाई स्थानीय बासिन्दाहरुले २ घण्टा सम्म...

रौतहट ग्रान्डी हस्पिटल गरुडाले ल्यायो आमा सुरक्षा कार्यक्रम

सिएच कुमार महतो, रौतहट ,१५ फागुन । रौतहट जिल्ला मा पहिलोपटक प्राइभेट अस्पतालमा आमा सुरक्षा कार्यक्रम आएको छ...

मेरो क्षेत्रबासिले मलाई फेरि अपार बहुमतले जिताउछन् -पुर्व मन्त्री प्रभु साह

त्यतिमात्र नभै पुरै क्षेत्रभरी निसुल्क ग्यांस सिलिन्डर चुल्हो बितरण,प्रत्येक बिधालयमा छात्रालाई निशुल्क साईकल बितरण,जेहेन्दार छात्रालाई निसुल्क ल्यापटप समेत बितरण गरेको बताए ।...

Related Articles

नेपाल भारत सम्बन्ध अदभूत : माधव नेपाल

प्रेमचन्द्र झाराैतहट, चैत्र ११। नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल -...

हर्साहामा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्।  शुक्रबार सार्वजनिक भएको राष्ट्रिय...